नेपाल ट्रष्टको सम्पत्ति विवरणसहितको श्वेतपत्र(पूर्णपाठसहित)

आजभोलि

काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी श्वेतपत्र जारी गरेका हुन् ।

गोकर्ण रिसोर्टसहित नेपाल ट्रष्टका अधिकांश जग्गा यती समूहले लिजमा पाएको खुल्दै गएपछि सरकारले मंगलबार श्वेतपत्र जारी गरेको हो । तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ ।

सो मध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ । श्वेतपत्रमा दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख छ ।

यती समूहले गोकर्ण रिसोर्ट लिज अवधि ५ वर्ष बाँकी रहँदै थप २५ वर्षलाई पाएपछि सरकारमाथि प्रश्न उठेको थियो । पोखरेलले गोकर्ण रिसोर्ट लिजमा दिने निर्णयले सरकारलाई लाभ मिल्ने उल्लेख गरेका छन् ।

हेर्नुस श्वेतपत्रको पूर्ण विवरण

  • १३ फाल्गुन २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !