‘केक बोक्न हेलिकप्टर उड्छ, तर तिम्रो उद्धारको लागि उड्दैन माफ गर, बहिनी’

आजभोलि

काठमाडौं । उपचारको लागि हेलिकप्टर उड्न नमान्दा घाइते युवतीको ज्यान गएको छ । रुखबाट लडेर घाइते बनेकी सल्यान शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको निधन भएको हो ।

उनको उपचारको लागि हेलिकप्टर काठमाडौं लानको लागि पहल गरेपनि हेलिकप्टरले जान नमान्दा कल्पनाको ज्यान गएको हो । 

आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा घटनाको जानकारी गराउँदै भनेका छन्, ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।’

दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उद्धार हुन नसकेको र अन्ततः ज्यानै गुमाउनु परेको भन्दै गौतमले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

उनले फेसबुकमा लेखेको स्टाटस

उनि मेरि फुपु कि छोरि बहिनि

गत फाल्गुन ४ गते रुख बाट लडेर गम्भीर घाइते भएकी शानपा ८ सल्यान कि २१ बर्षिय कल्पना आचार्यको उपचार काठमाण्डुमा मात्र सम्भब भएको र उन्लाइ हेलिकप्टर बाट मात्र उद्दार गर्न सकिने सल्यान अस्पतालका डाक्टर हरुले सिफारिस गरे।एम्बुलेन्स बाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टर हरुको भनाइ थियो।

यो परिस्थितिको श्रीजना पछि शानपा प्रमुख,यो प्रदेशका मन्त्री,प्रदेश सभासद,प्रमुख जिल्ला अधिकारि,केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे।

प्रयास स्वरुप सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो।कागजको ओहोर दोहोर र कागजले काठमाण्डु,सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुख बाट लडेको करिव ९ घण्टा बिति सकेको थियो।

कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समय पछि मन्त्रालयले भनिदियो-अहिले हेलिकप्टर उडाउन सकिँदैन।

हेलिकप्टर बाट छोरिको उद्धार गरि छोरी लाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा,आमा,नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट लडेको करिव १८ घण्टा पछि राती कल्पनाको दुखद निधन भयो।

बिडम्बना!

सवैले चाहदा चाहदै,बच्ने सम्भावना रहदा रहदै पनि राज्यले एउटा नागरिक बचाउनसकेन।राज्यका अङ्ग हरु परिचालित हुदाहुदै पनि एउटा मिसन पुराहुनसकेन।

तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ?यी कागजी प्रकृया र भनसुन बाहेक नागरिकले तत्काल सेवा पाउने अर्को सम्यन्त्र तयार गर्नुपर्ने हो कि?राज्य सम्यन्त्र निर्देसित मात्र देखियो,यस्लाइ उत्तरदायी र मानबिय बनाउन ढिलो हुँदै छ कि? तिमि यस्तो देश मा जन्म लियकि थियौ जहा

केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामि बोक्न सम्पुर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन्। माफ गर बहिनि।

हार्दिक श्रद्धान्जली बहिनि।

तिम्रो आत्माले शान्ती पाओस्।

उनि मेरि फुपु कि छोरि बहिनि😞 गत फाल्गुन ४ गते रुख बाट लडेर गम्भीर घाइते भएकी शानपा ८ सल्यान कि २१ बर्षिय कल्पना…

Posted by Siddhartha Gautam on Tuesday, February 25, 2020

  • १४ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !