प्रचण्डलाई लालबाबुको चेतावनी ‘सरकार परिवर्तनको सपना नदेख्नु’

आजभोलि

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ को सरकार परिवर्तन हुन सक्ने भनी दिएको अभिव्यक्तिको मुख्यमन्त्री लालबाबु राउतले चेतावनीसहित जवाफ दिएका छन् ।

स्व. महेन्द्र नारायण निधिको ९८औं जन्म जयन्ती दिवसको अवसरमा नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार परिवर्तन गर्ने सपना नदेख्न चेतावनी दिएका हुन् । संघीयतालाई मजबुत बनाउन अघि बढिरहेको प्रदेश सरकार परिवर्तन नहुने उनको भनाई थियो ।

‘प्रदेश सरकार परिवर्तन हुनुको मतलव संघीयता धरापमा पर्नु हो’ राउतले भने, “संघीयतालाई बर्बाद गर्नकै निम्ति यस्तो किसिमको अभिव्यक्ति नेताहरुले दिइरहनुभएको छ ।”

यसअघि पटक–पटक संघीय सरकार संघीयता टिकाउन नचाहेको अभिव्यक्ति दिइरहने मुख्यमन्त्री राउतले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भाषण दिए । धरापमा पार्न केहि नेताहरुले प्रदेश २ को समाजवादी राजपा गठबन्धनको सरकार खसाउने अभिव्यक्ति दिइरहेको बताए ।

मुख्यमन्त्री राउतले जहिल्यै पनि प्रदेश २ सरकारप्रति नै गिद्दे दृष्टि राख्नु जायज नभएको बताए । दाहालसहितका नेकपा नेताले यसअघि पनि धेरै पटक प्रदेश सरकार परिवर्तनको बारेमा बोलेको मुख्यमन्त्रीको आशय थियो ।

दाहालको नाम नलिएर मुख्यमन्त्री राउतले ‘केही नेताहरु मञ्चपिच्छै बोली फेर्दै सरकार परिवर्तनको सपना देखिरहेको बताए । प्रदेश २ मा आएपछि प्रदेश २ सरकारलाई नै ढाल्ने अभिव्यक्ति नेताहरुले दिने गरेको उनको भनाई छ । ‘यस्तो सपना नहेर्न म आग्रह गर्दछु’ उनले भने, “कसैले चाहँदैमा यो सरकार परिवर्तन हुँदैन् ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष दाहालले गत आईतबार धनुषाको मिथिला बिहारी नगरपालिकामा मिथिला माध्यिमिकी परिक्रमाको डोला उद्घाटन गर्न आउँदा प्रदेश २ को सरकार परिवर्तन हुने अभिव्यक्ति दिएका थिए । दाहालले प्रदेश सरकार परिवर्तनका लागि आफूले समाजवादी र राजपा दुबैसँग कुरा गरिरहेको बताएका थिए ।

संचारकर्मीले कहिलेसम्म प्रदेश सरकार परिवर्तन हुन्छ ? भनी राखेको जिज्ञासामा दाहालले यो मिति अहिले तोक्न नसकिने बताएका थिए । कार्यक्रममा मुख्यमन्त्री राउतले स्व. महेन्द्रनारायण निधिले लोकतन्त्रको आन्दोलनमा खेलेको भूमिकाबारे चर्चा गरे ।

तत्कालिन समयमा मधेशमा भईरहेको उच्च बसाई सराईलाई कडा विरोध गरेर मधेशप्रतिको भावनालाई निधीले प्रकट गरेको मुख्यमन्त्रीले स्मरण गरे । नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिले खेलेको भूमिका सदैव स्मरणीय रहने बताउँदै उनको लोकतन्त्रप्रतिको आस्था, विचार र सिद्धान्तले उहाँलाई लोकतन्त्रकै निधि बनाएको बताए ।

कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीद्वय महेन्द्र यादव र रामकृष्ण यादव, प्रदेश २ का संसदीय दलका नेता राम सरोज यादव सहितकाले स्व. निधिको व्यक्तित्वको बिषयमा आ–आफ्ना धारणा राखेका थिए ।

  • १४ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !