आकाशमा वादल । के छ मौसमको खबर

आजभोलि

काठमाडौं । अहिले काठमाडौंको आकाश धुम्मिएको छ । पश्चिमी वायु र न्यून चापीय प्रणालीका कारण काठमाडौं मात्र नभइ देशभर आकाश धुम्मिएको हो । भोलिबाट अाकाश सफा हुने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर धुम्मिएको आकाश भोलिबाट क्रमशः खुल्दै जानेछ । आज देशका मध्य तथा पूर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको वरिष्ठ मौसमविद् निराजन सापकोटाले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र भोलिबाट मौसम सफा हुँदै जानेछ । शनिबारबाट भने पुनः मौसम बदली भइ आकाश धुम्मिने र वर्षा हुने सम्भावना रहेको उनले बताए ।

उनले भने- ‘आज दिउँसो एकैछिन आकाश खुले पनि अपरान्हबाट पुनः बादल लागेर मौसम धुम्मिने छ । साँझ वर्षा भएसँगै क्रमशः मौसम सफा हुने देखिएको छ ।’ बिहीबार र शुक्रबार मौसम सफा हुनेछ भने शनिबार र आइतबार पुनः मौसम बदलिने उनले जानकारी दिए ।

वरिष्ठ मौसमविद् सापकोटाका अनुसार अहिले पश्चिमी क्षेत्रमा हल्का वर्षा भइराखेको छ । दिउँसोपछि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा पनि वर्षा हुनेछ । केही पहाडी क्षेत्रमा भने चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

यस्ताेहुनेछआगामीतीनदिनकोमौसम

फागुन१४गते (बुधबार)

दिउँसो देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको मध्य भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन१५गते (बिहिबार)

दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन१६गते (शुक्रबार)

दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।

  • १४ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !