महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

आजभोलि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा कार्यक्रम गरी ढकालले आगामी चैतमा हुन लागेको महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारी देशमा औद्योगिक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्राउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायिक हकहित र अधिकारका लागि भएको बताए ।

उनले सरकारले लिएका करका नीति र कर प्रणालीमा देखिएको दुविधाका कारण भविश्यमा उद्योगी व्यवसायीहरु करको ठूलो मारमा पर्ने बताए । एउटा निकायबाट पार लागेको कर र सम्पत्तिको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने रोग रहेको र त्यसको सही निदान र उपचार हुनुपर्ने मान्यता आफुले राखेको उनले बताए ।

उनले भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यवसायिक र गतिशील समूह बन्ने र उक्त समूहले उद्योग वाणिज्यको क्षेत्रमा सरकारसँग, नीतिगत छलफलको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग समझारी गर्न एक र एक जोडेर २ नभई एक र एक जोडेर ११ बनाउने रिजल्ट आउनेगरी काम गर्ने प्रतिवद्धता जनाए ।

  • १४ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !