रक्षामन्त्रीको दुई वर्षे कार्यकालको प्रगति विवरण

आजभोलि

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचारमा संलग्न हुने कसैलाई पनि उन्मुक्ति नदिने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आफ्नो दुई वर्षे कार्यकालको कार्यप्रगति विवरण सार्वजनिक गर्दै रक्षामन्त्री पोखरेलले नेपाली सेनामा मात्रै नभएर जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचार सरकारलाई स्वीकार्य नभएको बताएका हुन् ।

पोखरेलले सैनिक मुख्यालय जङ्गी अड्डाभित्र हुने भ्रष्टाचार छानबिनको दायरामा आउने बताए । शान्ति सेनामा पठाउने सम्बन्धमा शान्ति सेना छनोट कार्यविधि तयार पारिएको र त्यसै अनुसार हुने उनले बताए ।

दुईवर्षे अवधिमा नेपाली सेनाभित्रको संस्थागत सुधार गर्न सकिएको उनले बताए । सैनिक ऐन २०६३ मा नमिलेका विषयहरू आवश्यक संशोधन गरिएको जानकारी दिँदै रक्षामन्त्री पोखरेलले मन्त्रालय, नेपाली सेना मात्रै नभएर राष्ट्रलाई महत्वपूर्ण हुने राष्ट्रिय सुरक्षा नीति २०७३ परिमार्जन गरेर २०७५ पारित गरिएको जिकिर गरे ।

पोखरेलले सेनाको सांगठनिक जीवनसँग गाँसिएका विभिन्न नियमावली पारित गरिएकोसमेत जानकारी दिए । पोखरेलले संवैधानिक व्यवस्था अन्तर्गत नै सेनालाई विकास निर्माणको जिम्मेवारी दिएको प्रष्ट पारे । उनले विभिन्न देशहरूसँग दुईपक्षीय सहयोग आदानप्रदानका कामहरूसमेत यो दुई वर्षमा भएको बताए ।

उनले रक्षामन्त्रालयले ऐतिहासिक गढी, किल्लाको संरक्षण गर्ने काममा देशभरी संरक्षणको काम शुरु गरिएको जानकारी दिए ।

  • १४ फाल्गुन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !