भ्रमण वर्षलाई लक्षित गरी विदेशमा प्रचारप्रसारका कार्यक्रम स्थगित गर्ने सरकारको निर्णय

आजभोलि

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धधन तथा सहयोग गर्ने उद्धेश्यका साथ विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुप्पा क्षेत्रमा गरिएको ‘हेरिटेज वाक’(सम्पदा पदयात्रा) सम्पन्न भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समिति र जेभिएर इन्टरनेशनल स्कुलको संयुक्त आयोजनामा शनिबार भएको पदयात्राको उद्घाटन प्रतिनिधि सभाका सदस्य कृष्ण राईले गरेका थिए ।

सम्पदा पदयात्राको कार्यक्रम बौद्ध स्तुप्पा क्षेत्रबाट सुरुभई जोरपाटिस्थित चामुण्डामन्दिर हुँदै स्कुलको प्राङ्गङणमा पुगेर सभामा परिणत भएर सम्पन्न भएको थियो ।

पदयात्रा कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसले विश्वका ५६ भन्दाबढी देशमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको बताए ।

उनले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काम सरकार केन्द्रित भएको जानकारी दिए । परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडी बढाउने तयारी मन्त्रालयले गरेको बताए ।

नेपालमा कोरोना भाइरसको प्रभाव नदेखिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरुमा सरकारले कडाई गरेको छ । मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकाहरुमा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाइएको बताए ।

कार्यक्रममा सांस्कृतिक सम्पदाको संरक्षण र महत्वका बारेमा अतिथिहरुले आ–आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले सम्पदा संरक्षणका लागि प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण अतिथि तथा सहभागीलाई विशेष धन्यवाद दिएका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्था, गुठी संस्था लगायत स्थानीयको बाक्लो सहभागीता रहेको थियो। साथै लाखे नाच, तामाङ कला संस्कृति झल्काउने डम्फूरे गीत,नेवारी घिमे, बाजागाजा सहितको कला संस्कृति झल्काउने प्रस्तुतिहरुले पदयात्रालाई रमाइलो र मनोरञ्जनात्मक बनाएको थियो ।

  • १७ फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !