प्रचण्डले गरे गद्दारी, कालापानीबाट भारतीय सेना हटाउने विषयमा छलफल नगराउन सभामुखलाई निर्देशन

आजभोलि

काठमाडौं। नेकपाका दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानीबाट भारतीय सेना हटाउने विषयमा सदनमा फलफल नचालाउन सभामुखलाई निर्देशन दिएका छन् ।

प्रचण्डको यस्तो निर्देशनपछि बिहीबारको प्रतिनिधिसभा बैंठकको कार्य सूचीमा चढिसकेको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव अन्तिम सयममा कार्यसूचीबाट हटाइएको खुलासा भएको हो।

नेकपा अध्यक्ष प्रचण्डले सभामुख अग्नि सापकोटालाई फोनमाफर्त सो प्रस्तावलाई संसदमा छलफल नगराउन निर्देशन दिएका थिए। उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भारत सरकारको आग्रहमा तत्कालका लागि सो प्रस्ताव छलफल नगराउन आदेश दिएका हुन्।

सांसद खगराज अधिकारीले ४ महिना अगाडि दर्ता गराएको सो प्रस्ताव प्रचण्डकै आदेशमा हटेको हो। भारतले नेपाली भूमी अतिक्रमण गरी कालापानीमा सेना राखेको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले प्रचण्डसँगको सो प्रस्तावमाथिको छलफल रोक्न आग्रह गरेको स्रोतले बतायो। क्वात्राको सो आग्रहपछि उनकै सामुन्ने प्रचण्डले सभामुख सापकोटालाई फोन गरेर सो प्रस्तावमाथि छलफल नगराउन निर्देशन दिएको स्रोतले जनाएको छ।

बिहीबारको कार्यसूचीमा चढिसकेको सो प्रस्तावमाथिको छलफल एकाएक हटाइएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख सापकोटासँग यो विषयमा जानकारी मागेको कााग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। 

उनीसँग सभामुख सापकोटाले संसद बैंठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समय दिन नसक्ने भएपछि सो प्रस्ताव कार्यसूचीबाट हटाएको जानकारी दिएका थिए। सभामुख सापकोटाले काँग्रेससँग यो विषयमा गलत जानकारी दिएको स्रोतको दाबी छ।

हालै भारतले नेपाली भूमिसहितको नक्शा जारी गरेपछि नेपालमा त्यसको व्यापाक विरोध भएको थियो। त्यसपछि बसेको सर्वदलीय बैंठकले पनि सरकारलाई साथ दिने निर्णय गरेको थियो। तर, पनि हालसम्म नेपालले भारतले जारी गरेको विवादास्पद नक्शामा नेपाली भूमि परेको विषयलाई भारतसँग उठाउन सकेको छैन। 

भारतलाई रिझाउन सो प्रस्ताव छलफल नै नगराउने षडयन्त्रमा प्रचण्ड लागेको आरोप छ।

  • २९ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !