बझाङमा तत्कालै कोरोनाको सामूहिक परीक्षण आवश्यक

आजभोलि

सम्पादकीय

गत चैत २४ गते बझाङको छविसपाथिभाराको बान्नी भन्ने स्थानमा चैतोली (जात्रा) सम्पन्न भएको छ । जात्रामा लगभग ५ हजार भन्दा बढी सहभागी रहेका थिए । जसमा कयौं भारतबाट आएकाहरुको उपस्थिति रहेको स्थानीयले बताएका छन् । जात्रापछि स्थानीयहरु कोरोना फैलिने डरले त्रसित छन् । जात्राको विषयमा जिल्ला प्रशासन कार्यालयले लकडाउन उल्लंघन गरेको आरोपमा वडाध्यक्ष सहित पुजारी पनि पक्राउ गरेको छ । तर जनप्रतिनिधिहरुले प्रशासनलाई आरोप लगाएका छन् । दोषारोपणमात्रैले समाधान निकाल्न सक्दैन् ।

देश लकडाउन भएको बेला बझाङमा यति ठूलो संख्यामा कसरी जम्मा भए ? जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासन के हेरेर बसी रहेको थियो ? प्रशासनले स्थानीय बस्तीमा गएर जात्रा हुनु भन्दा पहिले स्थानीयसँग किन समन्वय गरेनन् ? किन मुकदर्शक भएर बस्यो ? स्थानीय जनप्रतिधि तथा सांसद तथा राजनीतिक दलका नेताहरु किन रमिते बने ? संकाटकलिन अवस्थामा किन मौन बसे । दोषी को त ?

विषु पर्व मनाउन बझाङमा हजारौ मानिस भारत वा तेस्रो देशबाट घर फर्केका छन् । काठमाडौं लगायतका शहरी क्षेत्रबाट पनि ठूलो संख्यामा मानिसहरु घर फर्केका छन् । तर जिल्ला प्रशासन कार्यालयसँग कुनै रर्कड छैन् । न त बझाङको सिमामा तथ्यांक राख्ने गरिएकोछ । नत निगरानी नै छ । कोरोनापछि कति मानिस बझाङ प्रवेश गरे । उनीहरुको अवस्था के छ । क्वारेन्टिन बसेका छन् की छैनन् । कुनै व्यवस्थापन गरिएको छैन् । अनुगमन पनि छैन

स्थानीय तहको संयोजनमा भारतबाट फर्किएकाहरुका लागि बनाइएको क्वारेन्टिनमा राखिएका स्थानीयहरु भागेर आफ्ना घर गएका छन् । वित्थडचिर गाउँपालिका अन्तर डुंग्रीमा खाना नपाएर १७ क्वोन्टिनबाट घर फर्केका छन् । यस्तै अरु स्थानबाट पनि कोही भागेर त कोही खराब व्यवस्थापनका कारण आफ्ना घर फर्केका छन् । उनीहरु घर गएर पनि स्थानीय बजार तथा गाउँघरमा निर्वाद घुमीरहेका छन् । जसले बझाङमा ठूलो जोखिम निम्त्याउने आशंका गरिएको छ ।

अधिकांश क्वोरन्टिन स्कुलहरुमा रहेका छन् । कमजोर व्यवस्थापनका कारण उनीहरुले ठूलो पीडा भोगिरहेका छन् । उनीहरु जेल जस्तै दुखद दैनिकी बिताइरहेका छन् । सरकारले तोकेको मापदण्ड विपरित निर्माण गरिएको क्वारेन्टिनको अनुमगमन गरिएको छैन् । क्वारेन्टिनमा बसेकाहरु निर्वाधरुपमा बजारमा घुमीरहेका छन् । घुलमलि गरिरहेका छन् । जसले क्वारेन्टिनको नियम तोडिरहेका छन् । तर बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कुनै प्रभावकारी कदम चालेका छैनन् । उनी सदरमुकाम बाहेक अन्यत्रको अवस्थाको बारेमा बेखबर झै रहेकाछन् । जसले समाजमा ठूलो सन्त्रास फैलिएको छ ।

एकदुई जना पक्राउ गरे प्रशासन उम्किन पाउदैन् । पक्राउ गरेर मात्र जिम्मेवारी पूरा हुदैन् । भारतबाट वा अन्यत्रबाट आएका स्थानीयहरुको एकिन तथ्यांक संकलन गरी उनीहरुलाई फेरि क्वारेन्टिनमा राख्ने पहल गर्नुपर्छ । प्रशासन यो वा त्यो बहानमा उम्किन पाउँदैन । प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरेर उचित व्यवस्थापन गरिनुपर्छ । अन्यथा बझाङमा कोरोनाको संकट निकट छ । जोखिम दिनदनै बढ्दै गइरहेको छ । जिल्ला अस्पतालमा उचित पीपीइ तथा दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन अनिवार्य बनेको छ । जसले जोखिमलाई न्यून गर्नमा मद्धत गर्नेछ ।

बझाङको छविसपाथीभारा पूरै गाउँपालिकालाई नै लक गरी वस्ती नै आइसोलेट गरिनुपर्छ । अब सेल्पक्वारेन्टिनले मात्र हुँदैन् । काठमाडौैबाट दक्षजनशक्तिसहित सामुहिक कोरोनाको परिक्षण (स्वाद) गरिनुपर्छ । घुम्ति परिक्षण ल्यावको स्थापना गरी सामुहकि परिक्षण गरिनुपर्छ । अर्थात् समुदायका सबैको परिक्षण गरिनुपर्छ । यसका लागि संघीय र प्रदेश सरकार अझ बढी जिम्मेवार र उत्तरदायी बन्नु पर्छ । कोरोनाको संबेदनशीलता बेलैमा बुझ्नुपर्छ । जसले बझाङलाई कोरोनाबाट बचाउन सक्छ ।

भारतबाट आएका अन्यत्र रहेको सबैको स्वाब परिक्षण गरिनुपर्छ । उनीहरुको परिवारसहित ट्रेसिङ गरी तत्काल उचित परिक्षणको व्यवस्था गर्नुको अर्को विकल्प छैन् । सँगै जिल्ला प्रशासन कार्यालयले क्वारेन्टिनको व्यवस्थापन तथा प्रभावकारीताको बारेमा अनुगमन गर्नुपर्छ । सदरमुकाम केन्द्रित प्रशासनलाई बस्ती केन्द्रित गर्नु पर्छ । अन्यथा संकटबाट रोक्न हम्मेहम्मे पर्ने देखिन्छ ।

स्थानीय बासिन्दाले पनि चनाखोपन देखाउनु उतिकै जरुरी छ । भारत वा अन्यत्रबाट आएका आफन्तलाई क्वारेन्टिनमा बस्न बाध्य गर्नुपर्छ । जो भारत वा अन्यत्रबाट आएका छन्, आफूलाई मात्र नभएर सिंगो समाजलाई कोरोनाबाट जोगाउन क्वारेन्टिनमा गएर बस्नु पर्छ । कोरोनाका लक्षण देखिएमा स्वास्थ्य केन्द्रमा गएर जाँच गराउनुपर्छ । यो सामुहिक कार्य हो । सबै जिम्मेवार बनौं । समुदायलाई संकटबाट बचाउँ ।

  • २७ चैत्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !