काठमाडौं । सन् २०१० को अक्टुबरको बीचमा अफ्रिकी देश हैटीमा हैजाको महामारी फैलियो । हैजाका कारण त्यहाँ कम्तीमा ९ हजार मानिसले ज्यान गुमाए ।
शान्तीसेनामा कार्यरत नेपाली सेना मोरकी शिविरमा बस्थे र उनीहरूले फोहर शिविर नजिकै रहेको नदिमा फालेको कारण त्यहीबाट हैजा फैलिएको भनी फ्रान्सका सरूवा रोगविद् डा. रेनाउड प्यारोक्सले प्रतिवेदन निकाले ।
संयुक्त राष्ट्र संघले जनवरी १२, २०१० मा हैटीमा गएको विनाशकारी भुकम्प पछि झण्डै १ हजार सेना आपतकालीन काममा सहयोग पुर्याउन खटिएको थियो ।
डा. रेनाउड प्यारोक्सको प्रतिवेदन पछि विश्वभरका संचारमाध्यमले त्यस प्रतिवेदनलाइ आधारमानी नेपाली सेनालाई दोषी करार गरे ।
सोही प्रतिवेदनको आरोपपछि हैजा फैलाएको भनि नेपाली सेनाको आलोचना र विरोध भयो । हैटीमा सेना फिर्ता लैजान भन्दै त्यहाँका नागरिकले सडक प्रर्दशन समेत गरे । (हेर्नुस् फोटो)
फ्रान्सेली डा ले लगाएको आरोपको खण्डन गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनले अमेरिकी सोसाईटी फर माइक्रोवायोलोजीमा हैटीमा फैलिएको हैजाको कारण नेपाली शान्ती सेना नभएको दाबी पुष्टि गर्ने अनुसन्धान रिपोर्ट पठाए।
अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सीडीसी) को जर्नलमा लेख समेत छपाए ।
डा. पुनको सोही दाबीले पछि अन्तर्राष्ट्रिय मान्यता पायो । पछि राष्ट्रसंघका तत्कालिन महासचिव वानकी मुनले १६ पृष्ठ लामो प्रतिवेदन राष्ट्रसंघको महासभामा प्रस्तुत गरे । जुन प्रतिवेदनमा नेपाली शान्ती सेनालले हैटीमा हैजा फैलाएको भनी गरिएको आरोपको खण्डन गरिएको थियो ।
डा. पुनको उक्त अनुसन्धानपछि नेपाली शान्ति सेना बद्ननाम हुनबाट जोगियो नै की राष्ट्रसंघमाथिको त्यो आरोप समेत हटेर गयो ।