बझाङका ९३ जना भारतमा ३६ दिनदेखि अलपत्रः महिला तथा बालबालिकाको बिचल्ली

आजभोलि

बझाङ । बझाङको थलारा गाउँपालिका घर भएका ९३ जना भारतको रामपुरमा अलपत्र परेका छन् । ३६ दिन दिनदेिख अलपत्र परेकाहरुले आफूहरुलाई उद्धरा गर्नु पर्ने भन्दै बिभिन्न निकायहरुसंग समन्वय गरि रहनु भएको छ । त्यहाँ १३ जना महिला सहित अन्य बालबालिका बृद्ध बृद्धा समेत रहेको बताइएको छ । क्यारेन्टाइनमै एक जना महिला दुई हप्ता अगाडि सुत्केरी समेत हुनु भएको छ ।

भारतको विभिन्न क्षेत्राबाट घर आउनका हिडेका उहाँहरु नेपाल र भारत लकडाउ भएर आवतजावत बन्द भएपछि त्यहाँ प्रहरीले रोकेको थियो । रामपुरको एक सार्वजनिक घरमा बनाएको क्यारेन्टाइनमा राखिएको उहाँहरुलाई त्यहाँको प्रहरी प्रशासनले सामान्य पुरी खान दिए पनि बस्न खान साह्रै समस्या भएको त्यहाँबाट भरत थापाले जानकारी दिनुभयो ।

उहाँले टेलिफोन मार्फत भन्नुभयो, “हामीलाइ धेरै दुःख भएको छ , स¬ सना केटाकेटी सहित महिलाहरु छन् । खान बस्न छैन कहिले खुल्ला के होला, यस्तो के आइ पर्यो भनेर सवैको मन रोएको छ । हाम्रो उद्धार गरि दिनु होस ।” उहाँहरुले बाथरुमको पानी खाने गरेको खान बस्न र मानसिक तनावले धेरैको स्वास्थ्य समस्या भएको दुखेसो राख्नु भएको छ । त्यहाँको प्रहरीले पनि अपमान गर्ने गरेको र प्रहरीले तिम्रो सरकारले उतैबाट नछोड्नु भनेकाले तिमिहरुलाई नछोडेको भन्ने गरेको पनि उहाँहरुको गुनासो छ ।

त्यहाँ रोकिएका सवै थलारा गाउँपालिको दंगाजी, पाराकाट्ने र कोटभैरका बासन्दिा हुन । यहाँको दुख समस्या धेरै छ टेलिफोन मार्फत अम्मर थापाले भन्नुभयो, “सरकारले पहल गरेर हामी छिटो नेपाल आउन पाउँ । भारतमा थप लकडाउन बढाएपछि उनिहरु झन निरास भएका छन् ।”

बैतडी र दार्चुला नाकामा रोकिएकाहरुलाई नेपाल जान दिए पछि रामपुरमा रोकिएकाहरुले पनि आफूहरुलाई नेपाल आउनका लागी पहल गरि दिन टेलीफोन फेसबुक मार्फत नेपाल सरकार जनप्रतिनधि अगुवाहरु सवै लाई आग्रह गर्दै आएका छन् ।

थलाराका रामपुरमा रोकिएकाहरुले थलाराका जनप्रतिनिधिहरुले आफुहरु नेपाल फिर्ता गर्नका लागी कुनै पहल चासो नदिएको दुखेसो राखेका छन् । रोकिएकाहरुले पत्रकार मानवअधिकारहरुलाई पनि नेपाल आउनका ला िपहल गरिदिन आग्रह गरेका छन् ।

यता भारतको धार्चुला झुलाघाटमा रोकिएका आफ्ना मान्छे नेपाल ल्याउन सफल भएका बझाडको बुगल नगरपालीकाका प्रमुख धनबहादुर विष्टले आफ्नो एक महिना अगाडि देखिको पहलमा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरि उहाँले केन्द्र सरकार र केन्द्रले दिल्ली सरकार संग समन्वय गरेर ल्याउन सफल भएको वताउनुभयो ।

उहाँले कन्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग थलारा गाउँपालिकाका अध्यक्षले समन्वय गरेर रामपुरमा रोकिएकाहरुलाई ल्याउन सकिने उपाय समेत सुनाउनुभयो ।

भारतको थलारामा रोकिएकालाई नेपाल ल्याउन सम्वन्धित निकायसँग भनसुन र समन्वय भई रहेको थलारा गाउँपालिका अध्यक्ष भुबनेश्वर उपाध्ययाले वताउनुभयो । (शैलेन्द्र रोकाया, गोरखापत्र अनलाइनबाट)

File photo

  • २० बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !