विश्वभर एकै दिन ७७ हजारबढी कोरोनाको संक्रमणबाट मुक्त

आजभोलि

विश्वभरका विभिन्न देशबाट कोरोनाभाइरस कोभिड १९ संक्रमित एकै दिन ७७ हजारभन्दा बढी सफल उपचार पछि निको भएर घर फर्किएका छन् ।

हालसम्म २६ लाख ५९ हजार २ सय ५० जना संक्रमण मुक्त भएका छन् । करिव ५ महिनादेखि फैलिएको महामारीबाट अहिलेसम्म ६० लाख ३० हजार ४ सय ३५ जना संक्रमित भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २२ हजार २ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन ४ हजार ८ सय २५ जनाको मृत्युभएसंगै कुल मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार ८ सय ९ जना पुगेको छ।

३० लाख ४ हजार ३ सय ७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्य ५३ हजार ७ सय ३५ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५ सय नाघेको छ । १७ लाख ९३ हजार ५ सय ३० जना संक्रमित भएका छन् । जसमध्य ६ लाख १९ हजार ५ सय ६९ जना संक्रमण मुक्त भएका छन् ।

कोरोनाबाट युरोपियन मुलुकहरुमा १ लाख ७२ हजारभन्दा बढी, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २१ हजार ९ सय भन्दा बढी, एसियाली मुलुकहरुमा २९ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।

यस्तै, दक्षिण अमेरिकी मुलुकहरुमा ३८ हजार भन्दाबढी र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ ।

  • १७ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !