असोज एक गतेदेखि यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

आजभोलि

काठमाडौं । यातायात व्यवसायीहरुले आफुहरुले असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने जनाएका छन् । असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने सरकारको निर्णयलाई पर नसार्न पनि उनीहरुले आग्रह गरेका छन् ।

बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ वाट यातायात सञ्चालन गर्ने स्पष्ट पारेका हुन् ।

छलफलमा आफुहरुले सामाजिक दूरी र सरकारको मापदण्डलाई पालना गर्दै सवारी साधान सञ्चालन गर्ने जानकारी गराएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण सरकारले गर्नुपर्ने बताए ।

लकडाउनको समयमा ग्यारेजमा सवारी साधान थन्केका कारण यस बर्ष रुट परमिट लगाएत सम्पूर्ण करमा छुट दिनुपर्नेमाग गरेको उनले जानकारी दिए । उनले विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट बिभिन्न प्रदेशमा पठाउँदा सबै कम्पनीलाई यातायातबाट पठाउन बिभागलाई आग्रह गरिएको बताए ।

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !