विदेशमा अलपत्र नेपाली नागरिकको उद्दारका लागि अन्तर्राष्ट्रिय उडान थप गर्ने समझदारी

आजभोलि

काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्दारका लागि अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगशकुमार भट्टराईका अनुसार उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटनमन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफाल पश्चात प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो ।

समझदारी अनुसार अब पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा विमान कम्पनीले थप उडान माग गरेमा अनुमती प्रदान गरिने छ । त्यस्तै कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ ।

उनका अनुसार श्रम कल्याणकारी कोसबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गर्ने, नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने जानकारी दिए ।

उनले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संबेदनशील रहेको उल्लेख गरेका छन् । उनले उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोसिस गरिरहेको र सरकारले आफ्नो प्रयत्न बढाउदै लाने पनि बताए ।

  • २५ भाद्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !