भारत-चीनबीच सैन्य सहयोग सम्बन्धी बेका सम्झौताः अमेरिकाको चीन घेर्ने नयाँ रणनीति

आजभोलि

एजेन्सी । मंगलबार भारतको न्यू दिल्लीमा भएको भारतीय र अमेरिकी बिदेश मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । उक्त बैठकमा दुई देशबीच बेसिक एक्सचेन्स एण्ड कोअपरेशन एग्रीमेन्ट (बेका) सम्झौता भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

बेका सम्झौतामा एक दशेकाले अर्को देशलाई अत्याधुनिक सैन्य प्रयोजनको लागि आणविक तथा अन्य सहयोग गर्ने जनाइएको छ । यो अमेरिकाको इण्डो-प्यासेफिक रणनीति अन्तरगतको नयाँ सम्झौता हो ।

उक्त बैठकमा हिन्द तथा प्रशान्त महासागरीय क्षेत्रको सुरक्षालाई थप प्रभाकारी बनाउने बारेमा पनि छलफल भएको श्रोतले जनाएको छ । चीनलाई यसले अमेरिकी रणनीतिलाइै टेवा पुग्ने भारतीय सुरक्षाविद्हरुले जनाएका छन् ।

बैठकमा भारतीय बिदेशमन्त्री जयशंकर तथा रक्षा मन्त्री राजनाथ सिंह र अमेरिकी बिदेशमन्त्री माइप पोम्पेओ तथा रक्षा मन्त्री मार्क एस्परको सहभागिता रहेको थियो ।

अमेरिकामा राष्ट्रपति निर्वाचन र भारतमा चीनसँगको सीमा विवाद बढीरहेको बेला भएका यो सम्झौताले भूराजनीतिमा ठूलो अर्थ रहेको भारतीय संचारमाध्यमले प्रचार गरी रहेका छन् ।

अमेरिकी बिदेशमन्त्री भारतसँगै श्रीलंका, माल्दीभ्स, तथा इण्डोनेशियाको भ्रमण गर्ने छन् । एशियाली अरु देशसँग संन्य गठबन्धन गरेर चीनलाई एक्ल्याउने र सैन्य दबाब सिर्जना गर्ने अमेरिकी रणनीति देखिन्छ । यो रणनीतिमा भारतले ऐक्यबद्धता जनाएको छ ।

अमेरिकाले भारतीय सैनिकलाई थप सैन्य सहयोग गर्नु भनेको चीनको बिरुद्ध भारतलाई सहयोग गर्नु हो । यो बैठकलाई भारतका संचार माध्यमले निकै प्राथमिता दिएका छन् ।

फोटोः अमेरिकी बिदेशमन्त्री माइप पोम्पेओको ट्वीटरबाट

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !