भारतीय सेनाध्यक्ष कार्तिक १९ मा नेपाल आउनेः भारत अमेरिकाबीच सैन्य सहयोग सम्झौता भएकै भ्रमण मिति तय

आजभोलि

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने को नेपाल भ्रमण मिति तय भएको छ । नेपाली सेनाले उनको नेपाल भ्रमण यही कार्तिक १९ गते हुने जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाए अनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेको बताएका छन् ।

तीन दिवसीय भ्रमणका क्रममा जनरल नरभानेले भ्रमणको क्रममा सैनिक मञ्चको वीर सैनिक स्मारकमा श्रद्धाञ्जली अपर्ण गरेपछि जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी थापासँग छलफल गर्नेछन् । साथै कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकै क्रममा उनलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोह बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले उल्लेख गरेको छ । उनी कात्तिक २१ गते स्वदेश फर्किनेछन् ।

मंगलबार भारत र अमेरिकाबीच बेसिक एक्सचेन्स एण्ड कोअपरेशनएग्रीमेन्ट (बेका) सम्झौता भएको भएकै दिन नरभानेको भ्रमणको मिति सार्वजनिक भएको छ । यो संजोग भए पनि भारत र अमेरिकाबीच चीन घेर्ने सम्झौता बेका भएकै दिने भारतीय सोनाध्यक्ष भ्रमण मिति सार्वजनिक गर्नु निकै महत्वपूर्ण भएको कुतनीतिका जानकारहरुले बताएका छन् ।

यस अघि भारतीय जासुसी संस्थाका रअका प्रमुख सामन्त कुमार गोयलको भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिएको थियो ।

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !