अञ्जु पन्त फाउण्डेशनले पर्साको सुगौलीमा माझी समुदायका लागि ३५ वटा घर बनाईदिने

आजभोलि

काठमाडौं । गायिका अञ्जु पन्तले दलित माझी समुदायका लागि साढे तीन करोड लागतमा ३५ घर बनाइदिने भएकी छिन् । अञ्जु पन्त फाउण्डेशन मार्फत उनले पर्सा जिल्लाको सुगौली पर्टेवाको १५ कठ्ठा जमीनमा ३५ घर बनाइदिने घोषणा गरेकी हुन् ।

गायिका पन्तले आफूले गीत गाएर ५ लाख रुपैयाँ जम्मा गरेको जानकारी दिँदै बाँकी रकम संकलन गरेर माझी बस्ती बनाउन अग्रसर भएको बताइन् । पर्टेवा पुगेर उनले त्यहाँको दलित बस्ती पानीले डुबाउँदा आफू रातरातभर रोएको स्थानीयसँग बताएकी छन् ।

स्थानीयको दुःख देख्दा आफ्नो मन रोएको भन्दै आफूले सहयोग गर्ने आँट गरेको बताइन् । उक्त समुदायले माछा मारेर र दैनिक ज्याला मनदुरी गरेर जिविको पार्जन गर्दै आएको छ ।

https://youtu.be/zMJDf18naOc

  • १९ पुष २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !