चुरेक्षेत्रको महत्व दिन प्रतिदिन बढ्दै गएको छः रेग्मी

आजभोलि

हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू जस्तै माटे ढुङ्गा, बलौटे ढुङ्गे, सङ्गुटिकाको मिश्रणबाट थुप्रिएर बनेको कान्छो पहाड नै चुरे श्रृंखला हो । चुरे क्षेत्र वन पैदावारहरु जस्तै काठ, दाउरा, बिभिन्न प्रजातिका बुढा पुराना बनस्पति वा जँगली जीवजन्तुहरु मरेर वा कुहिएर पनि बन्न सक्छ । त्यसैले, चुरे क्षेत्र महाभारत पहाडबाट बगेर आएका थेग्रानहरुबाट बनेको भूभाग हो ।
कुनै निश्चित भौगोलिक अवस्थितिमा हुने जैबिक बिविधताको समष्टिगत स्वरुपलाई चुरे क्षेत्रले समेट्दछ । जस्तै, हावापानी, मानव बस्ती विकास, जँगली जीव जन्तु, वन पैदावार र अन्य प्राकृतिक रुपमा उपलब्ध हुने मौलिक सामाजिक, सँस्कृतिक र भौगोलिक सम्पदा आदी ।

हाम्रो देश नेपालमा भने पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा पहाडी जिल्लाहरूमा पूर्व देखी पश्चिम सम्म झण्डै ८०० कि।मी।क्षेत्रमा फैलिएको र कुल भू–भागको १२।७८ प्रतिशत भू(भागलाई चुरे क्षेत्र भनिन्छ । र चुरे प्रदेशले नेपालको भूभागको महाभारत पहाडको तल्लो भाग र भावर क्षेत्रको माथिल्लो भागको बिचको खण्डलाई समेट्छ ।

सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराई मधेस तर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो अत्यन्त संवेदनशील क्षेत्र हो । त्यसैले चुरे क्षेत्रको मौलिक बिशेषताहरुलाई जोगाउनु आजको मुख्य आवश्यकता हो । त्यसका लागि यस क्षेत्रको वातावरणिय पक्षलाई व्यवस्थापन गर्दै राज्यले यस क्षेत्रको जैविक बिविधतालाई जोगाउँदै भू(उपयोगिताबाट लाभ लिन सक्नुपर्छ । साथै, यस चुरे क्षेत्रमा पाइने वा हुने जल, जमिन, जँगल, दुन, उपत्यका, खोच, धार्मिक तथा एतिहासिक महत्वका धरोहरहरुको सँरक्षण गर्दै सम्बन्धित निकायले फाइदा लिन सक्नुपर्छ । र यस क्षेत्रमा पाइने प्राकृतिक श्रोत साधानहरु जस्तै नदी, वन पैदावार, बनस्पती, जडीबुटी, नदी जन्य पदार्थहरुको पुर्ण परिचालन र व्यवस्थापन गर्दै तराई मधेस प्रदेश र अन्य देशका प्रदेशिक इकाइले पनि लाभ लिन सक्नुपर्छ । यसका लागि चुरे तराई मधेस सँरक्षण तथा व्यवस्थापन गूरु योजनाको अध्यावद्धिक गर्नुपर्ने र चुरे क्षेत्रमा पाइने सबै प्रकार जैविक विविधतालाई अक्षुण राख्नुपर्ने र सँघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच प्रभावकारी रुपमा चुरे क्षेत्र सँरक्षणको लागि समन्वयत्मक कार्यहरु हुनु पनि उतिकै आवश्यकता छ ।

किनभने दैनिक रुपमा बिभिन्न प्रकारका मानविय तथा गैह्र मानविय कृयाकलापले गर्दा यस क्षेत्रको वातावरणिय पक्ष नै धरासायी वा क्षयिकरण हुँदै गइरहेको छ । मुख्य रुपमा, चुरे क्षेत्रमा वन पैदावार र अन्य नदी जन्य श्रोतको दोहन पनि तिब्र रुपमा हुँदै आइरहेको छ । यसरी, चुरे क्षेत्रमा भइरहेको यस ढँगको दोहन कार्य आजको आजै रोकिएला भन्ने अवस्था पनि छैन । त्यसैगरी, यस क्षेत्रमा तिव्र रुपमा अव्यवस्थित रुपमा बढ्दै गएको मानब बस्ती बिकास, यस क्षेत्रमा दुर्त रुपमा भइरहेका भौतिक पुर्वाधार निर्माण जस्तै जल बिद्युत आयोजना निर्माण, बाटोघाटो निर्माण र विस्तार, खोच र तालको लोप वा क्षयिकरण यस चुरे क्षेत्रका मुख्य अन्य चुनौतिहरु हुन् । यस प्रकारका सँवेदनहिन कार्यले पनि यस क्षेत्रको मौलिक विशेषतामा नकारात्मक प्रभाव पारेको छ ।

साथै, महाभारत पर्वतबाट आउने प्राकृतिक नदीहरुले बर्षेनि चुरे क्षेत्रमा हुने भूक्षय र कृषियोग्य जमिनको कटान वा खोला किनार नजिकका सिमान्तकृत जातजातीका बस्ती विस्थापनको समस्या र ती सिमान्तकृत जातजातीको जिविको पार्जनमा पर्ने कठिनाइ र सोहि कारणहरुले तराई मधेस प्रदेशमा पनि बर्षेनि हुने बाढी पहिरोको चपेटा वा खडेरीको समस्याले सिचाई, कृषि तथा कृषि जन्य साना, मझौला तथा ठूला उद्योग व्यवसायमा पार्ने नकारात्मक प्रभावलाई पनि नजर अन्दाज गर्न मिल्दैन । त्यसैगरी, तराई मधेसका खोला किनारामा बस्ने आदिवासी तथा जनजाती मूलका नागरिकको सामाजिक तथा आर्थिक जीवन शैलिमा पर्ने प्रभाव पनि यसै मुद्धा सँग सम्बन्धित छ ।

त्यसैले, चुरे क्षेत्रका मुख्य भौगोलिक बिशेषताहरु के के हुन्, यस क्षेत्रका प्रमुख समस्या र चुनौतिहरु के के छन् , चुरे क्षेत्रको दोहन किन र कसरी हुनेगर्छ त्यसैले दीर्घकालिन रुपमा चुरे क्षेत्र सँरक्षणको लागि न्युनतम रुपमा अपनाउनु पर्ने सामान्य सर्तहरु , आवश्यक सम्यन्त्रहरु र उपयुक्त बिधीहरु के के हुन सक्छन् भन्ने बारेमा आज भोलिका बिशेष सँवाददाता प्रवीण भट्टराईले राष्ट्रपति चुरेतराई मधेस सँरक्षण विकास समिति खुमलटार ललितपुरमा अनुसन्धान तथा प्राविधिक विकास शाखामा कार्यरत उपसचिव श्री राजन रेग्मी सँग गर्नु भएको स.बाद विमर्श ।

१) चुरे क्षेत्र भनेको के हो रु चुरे क्षेत्रका मुख्य विशेषताहरु के के हुन् ?

चुरे क्षेत्र भनेको भौगोलिक नक्साँकन हो । यो क्षेत्र नेपालको कुल भूभागको १२.७८ प्रतिशतको क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रले नेपालका ३७ बाट पहाडी जिल्लालाई समेट्छ । यो पूर्वी इलाम देखि पश्चिमको कन्चनपुर सम्मको पहाडी भु(भागलाई समेटेर फैलिएको छ ।

यो चुरे महाभारत पहाडबाट बगेर आएका थेग्रानहरुको थुप्रोबाट बनेको क्षेत्र हो । यसलाई कान्छो पहाड भनिन्छ । यो क्षेत्र वा पहाड माटे ढुँङ्गा, बलौटे ढुँङ्गा, सँङ्गुटिकाको समिश्रण बाट बन्ने गर्छ । यो क्षेत्र अन्तन्तै कमलो भूवनौटको रुपमा रहेको छ ।

यो भौगोलिक दरारहरु मध्ये मेन बाउन्ड्री थर्ट र मेन फर्नटल थर्टको बिचमा उठेको भू(भागको रुपमा रहेको छ । यस क्षेत्रले नेपालको भू(भागको महाभारत पहाडको तल्लो भाग र भावर क्षेत्रको माथिल्लो भागको बिचको खण्डलाई समेट्छ । र यो महाभारतको तल्लो भू(भागमा समानान्तर रुपमा पूर्व देखि पश्चिम सम्म फैलिएको छ । र यस चुरे क्षेत्रलाई भौगर्भिक भाषामा शिवालिक वा सबहिमालय भन्ने गरिन्छ ।

त्यसैगरी, चुरे क्षेत्रको भौगोलिक बिषेशताहरुको कुरा गर्ने हो भने यस क्षेत्र भित्र चुरे पहाडको साथै नदीले बनाएका केही खोच, दुन र उपत्यकाहरु छन् । जस्तै दाङ उपत्यका, सुर्खेत, चितवन उपत्यका आदि । र यो भू(भागमा अन्त्य कमलो बलौटे ढुँङ्गा, माटे ढुँङ्गा र सँङ्गुटिकाहरु पाइन्छ । यी सबै चट्टानहरु पुरै खँदिलो नभइ सकेको हुनाले छिटै क्षेयिकरण हुने अवस्थामा छन् । त्यसैले, भूकम्प र भूक्षय जाने यस क्षेत्रमा प्रवल सम्भावना हुन्छ ।

त्यसैगरी, चुरे क्षेत्रमा ८३.४७ प्रतिशत वन, झाडी र घाँसे मैदानले ढाकेको छ । त्यसैगरी, १३.१६ प्रतिशत बस्ति र कृषि योग्य जमिन छ । साथै, ३.३७ प्रतिशत भूभागलाई भने नदी बगरले ढाकेको छ । त्यसैगरी, बि। स। २०७१ असार २ गते नेपाल सरकारले वातावरण सँरक्षण एन अन्तर्गत सँरक्षण क्षेत्रको रुपमा यस क्षेत्रलाई घोषणा गरेको छ ।

यस चुरे क्षेत्र जैबिक बिबिधताको दृष्टिले अत्यन्त महत्वपुर्ण क्षेत्र हो । नेपालको ११८ बटा इको सिस्टम् मध्ये १४ बटा यसै चुरे पहाडमा पर्दछन् । यस क्षेत्रमा राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु आरक्ष जस्ता सँरक्षित क्षेत्रहरु छन् । जस्तै, बर्दिया राष्ट्रिय निकुन्ज, बाँके राष्ट्रिय निकुन्ज, कन्चनपुर राष्ट्रिय निकुन्ज आदी । नेपालमा पाइने १९१८ बटा जिव जन्तु मध्ये चुरे क्षेत्र भित्र बाघ, हात्ती, आर्ना, गैडा जस्ता १३०८ बटा जिव जन्तुका प्रजातिहरु पाइन्छ । त्यसैगरी, यस क्षेत्रमा १६४ बटा रुखका प्रजातिहरु पाइन्छ भने ७२ बटा झाडी बुट्यान् प्रजातिहरु र १०९ बटा झारपात प्रजातिका बनस्पतिहरुको अभिलेख गरिएको छ ।

नेपालमा सबै जातजाती र भाषाभाषिका मानिसहरु यस प्रदेशमा बसोबास गर्दछन् । त्यसैगरी, चुरे हुँदै मध्य पहाडि लोक मार्ग र मदन भण्डारी लोक मार्ग बनेका छन् । कृषि उपजहरु जस्तै धान, मकै, कोदो, फापर आदी यस भू भागमा उब्जनी हुन्छन् ।

यस चुरे क्षेत्र भित्र कृषि उपजका नगदे वालीहरु पनि हुन्छन् जस्तै खर, अम्लिसो आदी । त्यसैगरी, यस क्षेत्रमा साना तथा मझौला उद्योग व्यवसायको पनि प्रचुर सम्भावना छ । जस्तै, युकालिप्टस, मेन्था, पामारोजा बनस्पती र जडीबुटी जन्य उद्योग आदी । साथै, चुरे क्षेत्रबाट प्रत्यक्ष प्रयोग हुने बस्तुहरु जस्तै खाद्यन्य, पशु जन्य पदार्थ (दुध, मासु, छाला, हाड) र काठ, दाउरा, घाँस, डाले घाँस, कपडा बनाउने रेसा, जडिबुटी र पानी जस्ता पदार्थहरु मानव उपयोगका लागि यसै क्षेत्रबाट उपलब्ध हुन्छन् ।

त्यसैगरी, यस क्षेत्रको सामाजिक तथा सँस्कृतिक महत्व पनि छ । जस्तै, पर्यटकिय स्थलका लागि उपयुक्त, धार्मिक तथा आध्यामिक महत्व बोकेका स्थानहरु प्रसस्त हुनु । जस्तै, सुर्खेतको वराह ताल क्षेत्र, धरानाको पिडेश्वर वुढा सुब्बा मन्दिर, पर्यटकिय दृष्यावलोकनका लागि भेडाटार । आफैमा यस क्षेत्रका मौलिक बिशेषताहरु हुन् ।

२) चुरे क्षेत्र सँरक्षणको मुद्धा किन अहिले उठी रहेको छ ? यसले स्थानीय जैविक विविधतामा पार्ने प्रभावहरु के के हुन् ?

बढ्दो जनसँख्याको चाप सँगै चुरे क्षेत्रमा पनि जनसँख्याको बृद्धि द्रुत गतिमा भइरहेको छ । मावन बसोबासको बृद्धि सँगै चुरे क्षेत्रमा बिकास निर्माण र अन्य भौतिक सँरचना निर्माणका कार्यहरु पनि तिब्र गतिमा भइरहेका छन् । त्यसैगरी, ठूला ठूला जल बिद्युत आयोजना, राष्ट्रिय गौरवको मध्य पहाडि राजमार्गको निर्माण कार्य र यस क्षेत्रमा नदी जन्य पदार्थको अत्याधिक उपभोग वा दोहन आदि कारणले गर्दा यस क्षेत्रको वातवरणिय पक्षमा नकारात्मक प्रभाव बढ्दै गइरहको अवस्था पनि छ ।

चुरेको प्राकृतिक श्रोतको उपभोगमा पर्न गएको आत्याधिक चापका कारण चुरे क्षेत्रको प्राकृतिक सन्तुलन खलबलिएको छ । फलस्वरुप साविकमा सहजै प्रकृतिमा पाइने जँङगली फलफुल, कन्दमुल, बन्यजन्तु, माछा, मह, जडिबुटी र बिशेष प्रजातिका बनस्पति र काठ दाउराहरु पाइन छाडेकाले त्यस्ता पदार्थमा परम्मपरागत रुपमा आश्रित चेपाङ, राउटे, राजी, दनुवार, माझी समूदायका सिमान्तकृतिक जातीका व्यक्तिहरुलाई जीविको पार्जनमा कठिनाइ उत्पन्न भएको छ । त्यसैले, चुरे क्षेत्रको अवैज्ञानिक उपभोगको फलस्वरुप पानीको मुहान सुक्ने, भू(क्षय हुने, चुरे क्षेत्र र तराई मधेसमा बाढी तथा डुवान हुने समस्याहरु बढ्दो छ ।

साथै, चुरे क्षेत्रको जैबिक विविधतामा पनि असन्तुलन आएको छ । त्यस भेगका एतिहासीक, सामाजिक तथा वातवरणीय पक्षमा पनि खलल पुगेको छ । साथै, चुरे क्षेत्रमा अव्यवस्थित ढँगले बस्ति बिस्तार हुनु, सो क्षेत्रमा कृषिको उत्पादकत्व घट्नु, बन पैदावारहरु मासिदै जानु, बिभिन्न किसिमका बनस्पतिका प्रजातिहरु लोप हुनु, चरिचरण क्षेत्र र दुन क्षेत्र मासिनु, जँगली जनावर र चराचुरुङ्गीहरु उक्त क्षेत्रबाट लोप हुनु आदि कारणले गर्दा नै चुरे क्षेत्र सँरक्षणको मुद्धा अहिले जल्दो बल्दो रुपमा उठि रहेको छ । साथै, यो क्षेत्र तराई मधेस तथा भावर को पानी पुर्न भरनको क्षेत्र भएको ले पनि यस क्षेत्रको बिनाशको कारणले पानीका सहतहरु घट्दै गएको त्यस क्षेत्रका स्थानीय वासिन्दाले भन्दै आएका छन् ।

चुरे विनासका कारणले यस क्षेत्रमा रहेका १४ बटा इको सिस्टमलाई प्रभावित गरेको छ । चुरे क्षेत्रमा पाइने पुतली ३२५, माछा १५४, उभयचर २२, शरिश्रिप ६८, चरा ६४८, स्तनधारी ९१ तथा अन्य इको सिस्टमका अभयवहरुका बासस्थानहरु पनि हराउँदै गएका छन् । त्यसैगरी, बाढी, डुवान, भू(क्षय, वन बिनासले गर्दा मानविय बस्ति विकास, कृषि उत्पादकत्व तथा वन पैदावारमा प्रतिकुल असर परेको छ । भौतिक पूर्वाधारको विकासले पनि यस क्षेत्रमा नकारात्मक असर पारेको छ ।

यति हुँदा हुँदै पनि यस चुरे क्षेत्रले तराई मधेसलाई निरन्तररुपमा पानी प्रवाह गरि रहेको छ । वन जन्य पर्दाथ (काठ, दाउरा, जडिबुटी) पनि आपुर्ती गरिरहेको छ । यस प्रकारको सिन्चाई प्रकृयाले तराई मधेस क्षेत्र कृषि उत्पादनको प्रमुख आधार भएको छ । त्यसैगरी, यस क्षेत्रमा बस्ने रैथाने निवासीहरुलाई स्थानीय गाउँघरमा नै पशु पालन व्यवसाय गर्न पनि मद्दत पुगेको छ । र स्थानीय बासीहरुलाई चुरे क्षेत्रले नदी जन्य पदार्थहरु नियमित रुपमा उपलब्ध गराउँदै आइ रहेको पनि छ । साथै, समग्रमा चुरे क्षेत्रले वातवरणिय सन्तुलन कायम गर्न पनि थप मद्धत पुर्याइ रहेको छ ।

तसर्थ, यस किसिमको जैविक बिबिधता भएको चुरे क्षेत्रको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । र यस क्षेत्रसँग सम्बन्धित सबै सरोकारबालाहरुको चासो र सरोकारको मुद्धा चुरे क्षेत्रनै हुँदै आएको छ । र चुरे क्षेत्रको तिब्र गतिमा बिभिन्न कारणले दोहन हुँदा हुँदै पनि यस क्षेत्रको मौलिक किसिमको आफ्नो छुट्टै जैविक विविधता भएकाले यस क्षेत्रको सँरक्षण, सुरक्षा र सम्बर्द्धनको कुरा त्यस भेगको सामाजिक, आर्थिक र वातवरणिय पक्षलाई ख्याल गर्दै सबै सम्बन्धित पक्षहरुबाट जोडका तोडका साथ उठि रहेको छ ।

३) चुरे सँरक्षका विद्यमान चुनौतीहरु के के हुन् ?यस मुद्धामा वातावरणीय तथा आर्थिक जोखिम कस्तो पाउनु भएको छ ?

अत्याधिक जनसँख्याको चाप, विकास निर्माणको काममा वृद्धि, नदी जन्य पदार्थको अत्याधिक दोहन, स्थानीय जनतामा चुर क्षेत्र सँरक्षणको ज्ञानको अभाव मुख्य चुनौती हुन् । भूक्षय, भूकम्प र नदी कटान र वन फडानी, बन्य जन्तु चोरी खिकारी पनि यस क्षेत्रका प्रमुख चुनौतीहरु हुन् । त्यसैले यी कारणहरुले गर्दा चुरे सँरक्षणको मुद्धा अहिले पनि सार्वजनिक बहसको मुद्धा भएको छ ।

चुरे बिनासको कारणले गर्दा जैबिक बिबिधतामा असर परेको छ । जँङ्गली प्राणीहरुको प्राकृतिक बासस्थान बिस्तापित हुँदै गएका छन् । कृषिको उत्पादक्व घट्दै गएको छ । कृषि योग्य जमिन वाढि पहिरोको प्रकोपमा परेका छन् । वन फडानी र अन्य प्रकारका प्राकृतिक रुपमा हुने दोहनले स्थानीयबासिको पुर्खेली पेशा जस्तै मह उत्पादन, पशुपलान, रेशा जन्य पदार्थको उत्पादनमा कमी आएको छ । यसले गर्दा उनीहरुको आर्थिक स्थितिमा पनि प्रभाव परेको छ । र आम्दानिका श्रोतहरु पनि घट्दै गएका छन् ।

४) चुरे सँरक्षणमा के अहिले कस्ता कामहरु भइ रहेका छन् ? यस मुद्धामा सामाजिक उत्तरदायित्वको पक्ष चै कस्तो छ ?

बि. स.२०७४ साल जेष्ठ ४ गते नेपाल सरकारले यस समग्र चुरे क्षेत्र सँरक्षण र विकासका लागि २० बर्षे गुरु योजना स्वीकृत गरी सोही अनुसार सँरक्षणका कामहरु गर्दै आएको छ । चुरे क्षेत्र भएर बग्ने १६४ बटा नदी प्रणालीको सँरक्षण योजनालाई पनि सोही गुरु योजनामा समेटिएको छ ।

त्यस्तै, भिरालो कृषि भूमिमा बहुबर्षिय बालि बिस्तार, क्षति ग्रस्त भूमिको पुर्न उत्थान, वन अतिक्रमण नियन्त्रण, प्राकृतिक श्रोत तथा सोको क्षय न्युनिकरण, व्यवसायिक पशुपालन, वन क्षेत्र तथा बगरमा चरिचरण व्यवस्थापन तथा नियन्त्रण, गैर काष्ठ वन पैदावार र व्यवस्थापन, जैविक बिबिधता सँरक्षण,सिमसार क्षेत्र व्यवस्थापन, बर्षादको पानी सँकलन तथा भँण्डारण, भूमिगत जल पुर्न भरण र सतह मुनिको पानी उपभोग, वातावरण मैत्री भौतिक पूर्वाधार प्रस्थान, बन डडेलो न्युनिकरण तथा नियन्त्रणका साथै सँवेदनशिल क्षेत्रमा रहेका बस्ति व्यवस्थापनाका कामहरु पनि हुँदै आएका छन् ।

त्यसैगरी, सामाजिक परिचालन बिधीबाट इको क्लब गठन, उपल्लो तटिय र तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने जनताहरु बिचको अन्तर सम्बन्धलाई जोड्ने गरी नदी प्रणाली सँन्जाल गठनका कार्यहरु र चुरे सँरक्षण सम्बन्धि प्रचार प्रसारका कार्यहरु पनि हुँदै आएका छन् ।

चुरे सँरक्षण कार्य लागु भए पछि स्थानीय जनतमा चुरे सँरक्षण सम्बन्धि ज्ञान अभिवृद्धि भएको पाइन्छ । चुरे क्षेत्रको उपल्लो तटीय क्षेत्रमा बस्ने जनताको कृयाकलापले तल्लो तटिय क्षेत्रमा बस्ने जनतको जनजीवनमा प्रत्यक्ष असर पर्छ । त्यसैले, राष्ट्रपति चुरे(तराई मधेस सँरक्षण विकास समितिले उल्पल्लो तटिय क्षेत्रमा चुरे सँरक्षणका कामहरुलाई बढी जोड दिएको छ जसले गर्दा तल्लो तटिय क्षेत्रमा बाढी पहिरो जस्ता समस्याहरु नियत्रण भएका छन् । चुरे क्षेत्रमा पाइने स्रोतको सँरक्षणमा सहभागि हुँदा वा सो क्षेत्रमा उपलब्ध भएका श्रोतहरुको स्थानीय वासीले प्रयोग गर्दा चुरे क्षेत्र र मानव बस्ति बिच पनि अन्तर सम्बन्ध स्थापित हुन पुगेको छ । यसले गर्दा यस क्षेत्रको जैविक बिविधतामा पनि सन्तुलन कायम हुन सकेको छ ।

५) चुरे क्षेत्रको तिव्र रुपमा दोहन हुनको मुख्य कारणहरु के के हुन् ? स्थानीय समूदाय र स्थानीय गैससको भूमिका कस्तो पाउनु भएको छ ?

जन सँख्याको बढ्दो चाप, भौतिक पूर्वाधारको तिव्र गतिको निर्माण, स्थानीयबासीमा चुरे क्षेत्रको सँरक्षण सम्बन्धिको ज्ञानको अभाव, अनियन्त्रित चरिचरण, वन डडेलो, वन्य जन्तु तथा वन पैदावारको अवैद्ध चोरी निकासी नै चुरे क्षेत्र दोहनका मुख्य कारणहरु हुन् । त्यसैगरी, स्थानीय बासीबाट हुने वन अतिक्रमण पनि दोहनको मुख्य कारण हो । र व्यवस्थापकिय कमि कमजोरी पनि अन्य कारण भित्र पर्छ ।

त्यसैले चुरे क्षेत्र सँरक्षणका लागि स्थानीय स्तरमा गैर सरकारी सँघ सँस्था पनि कृयाशिलता छन् । सामाजिक परिचालन कार्यक्रम अन्तर्गत यस राष्ट्रपति चुरे(तराई मधेस सँरक्षण विकास समितिबाट पनि कार्यहरु हुँदै आएका छन् । जस्तै, गैसस मार्फत विद्यालयमा सँरक्षण शिक्षा कक्षा सँञ्चालन, स्थानीय गाउँ घरमा जन चेतना अभिवृद्ध गर्न होडिङ बोर्ड स्थापना र स्कुल स्तरिय वक्तृत्व कला कार्यक्रमको आयोजना पनि हुँदै आएको छ ।

साथै, समुदायका व्यक्तिहरुले नदी जन्य पदार्थहरुको दोहन रोक्ने कार्यमा पनि भूमिका खेलेका छन् । उनीहरुले सामुदायिक वन सँरक्षणका कार्यहरु गरेका छन् । स्थानीय रुपमा चरिचरण, डडेलो नियन्त्रण जस्ता चुरे सँरक्षणका कार्यहरुमा पनि सक्रिय रुपमा जन सहभागिता रहेको छ ।

यी सबै कार्यहरुलाई राष्ट्रपति चुरेतराई मधेस सँरक्षण विकास समितले नियमित रुपमा सल्लाह सुझावका साथै अनुगमन र मुल्याङ्कनका कार्यहरु पनि गर्दै आएको छ । साथै, यस विकास समितिले ३१ जिल्लाको चुरे क्षेत्र सँरक्षणको लागि स्थानीय सरकार ९ गाउँपालिका वा नगरपालिका०, स्थानीय नागरिक र स्थानीय गैसससँग सहकार्य गर्दै आइरहेको छ ।

६) चुरे क्षेत्र सँरक्षणका लागि के कस्ता प्रयासहरु भइ रहेका छन् ? चुरे क्षेत्रका बासिन्दाले भू उपयोगिताबाट कसरी लाभ लिन सक्छन् ?

राष्ट्रपति चुरेतराई मधेस सँरक्षण विकास समितिबाट चुरे क्षेत्र सँरक्षणको लागि २० बर्षे गुरु योजना लागु भएको छ । १६४ बटा चुरे क्षेत्र भएर बग्ने नदीहरुको व्यवस्थापन योजना बनाइ सँरक्षणका कार्यहरु पनि भइरहेका छन् । त्यसैगरी, चुरे क्षेत्रको प्राकृतिक श्रोत सँरक्षण र सोको दिगो व्यवस्थापन र पारिस्थिकिय सेवाको सम्बर्द्धनबाट गरिवी न्युनिकरण गराउँदै सम्बृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा टेवा पुर्याउने नै रहेको छ ।

विगतमा भने भू(सँरक्षणका कार्यक्रमहरु मार्फत चुरे क्षेत्रको सँरक्षणका कार्यहरु गरिन्थो । यो कार्य वन तथा वातावरण मन्त्रालय अन्तर्गतको निकायले गर्थो । साथै, यी कार्यहरु गर्दा राष्ट्रपति चुरे(तराई मधेस सँरक्षण विकास समितिले स्थानीय तथा प्रदेश स्तरिय सरकारी निकायहरु सँग समन्वय गर्दै बिभिन्न प्रकारका नीतिगत कार्यहरु पनि गर्दै आएको छ । साथै, यस समितिले स्थानीय लाभाँभित उपभोक्ता समूह र यस क्षेत्रको सँरक्षणमा काम गर्ने स्थानीय गैससलाई पनि साथै लिएको छ ।र यी कार्यहरुले चुरे क्षेत्र सँरक्षणमा थप मद्धत पुर्याएको छ । र चुरे क्षेत्रको जैविक बिबिधता सन्तुल कायम गर्नका लागि थप योगदान पुगेको छ ।

त्यसैगरी, यस चुरे क्षेत्रबाट स्थानीयबासीले वन पैदावारहरुको उपभोग गर्न सक्छन् । स्थानीय कृषकलाई कृषिको उत्पादकत्व बृद्धिमा सहयोग मिलेको छ । चुरे क्षेत्रबाटै तराई मधेममा निरन्तर रुपमा सिन्चाइको उपलब्धता हुन्छ । त्यसैगरी, चुरे क्षेत्रबाट निर्माण सामाग्रिको आपूर्ती गर्न सकिन्छ । जस्तै काठ, दाउरा । यस चुरे क्षेत्रबाट नदी जन्य पदार्थहरु पनि पाउन सकिन्छ । जस्तै गिटी, बालुवा आदी ।

त्यस्तै, चुरे क्षेत्रमा बिभिन्न प्रजातिका बनस्पति र जडिबुटिहरु पनि पाउन सकिन्छ । यस क्षेत्रमा पशु पालन र चरिचरणको लागि पनि पर्याप्त ठाउँहरु छन् । समग्रमा यस क्षेत्रको व्यवस्थित प्रयोग र परिचालनले नै स्थानीयबासी र वातावरणीय पक्ष बिच सह सम्बन्ध कायम हुनसक्छ । साथै, यस क्षेत्रका सँस्कृतिक र धार्मिक क्षेत्रलाई पर्यटकिय स्थानको रुपमा पनि विकास गर्न सकिन्छ जसबाट स्थानीयबासीहरु प्रत्यक्ष रुपमा लाभाँवित हुन सक्छन् ।

७) चुरे क्षेत्रका बासिन्दाको सामाजिक तथा आर्थिक पक्ष कस्तो पाउनु भएको छ ? र चुरे क्षेत्र र ती स्थानीय बासिन्दाहरुको अन्तरसम्बन्ध के कस्तो रहेको छ ?

यस चुरे क्षेत्रमा सबै जातजातिका मानिसहरु बसोबास गर्छन् । जस्तै , ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र । त्यस्तै, सिमान्तकृत तथा आदिवासी वर्गमा पर्ने राउटे, राजी, चेपाङ , तामाङ र गुरुङ र अन्य जाती पनि यसै क्षेत्रमा बसोबास गर्छन् । उनीहरुबीच सामाजिक अन्तर सम्बन्ध छ । तर पनि जातीय, भाषिक र लिँङ्गिय रुपमा सामाजिक बेमेल हुने धेरै अबस्था अझै पनि रहेको छ ।

त्यसैगरी, उनीहरु सबै चुरे क्षेत्रका प्राकृतिक श्रोत साधनमा आश्रित छन् । र ती सबै श्रोतहरुलाई परिचालन गर्दै सामाजिक लोक जीवन निर्वाह गरिरहेका छन् । र उनीहरुले स्थानीय रुपमा पाउने श्रोत साधनलाई नै आफ्नो आर्थिक आय आर्जनको मुख्य माध्यम बनाएका छन् । जस्तै पशु पालन व्यवसाय सन्चालन गरे वा रेसादार कपडा वन पैदावारबाट प्राप्त गरेर । त्यसैले, उनीहरुको आर्थिक स्थिति त्यस भेगमा उलब्ध हुने साधानको क्रय विक्रयबाट नै निर्धारण हुन्छ । तर त्यो कार्य एकदमै न्युन छ । त्यसैले पनि उनीहरु अझै पनि गरिविकै दुश्चक्रमा छन् । त्यसैले, आर्थिक पक्षको कुरा गर्ने हो भने उनीहरुले तराई मधेस तथा अन्य भूभागमा भने ती स्थानीय उत्पादित बस्तु तथा सेवाहरु भौगोलिक बिकटता वा यातायत सुविधाको असहजताले गर्दा समयै बिक्री बितरण गर्न सकिरहेका छैन् । त्यसैले, त्यस भेगमा पाउने सामानहरुको व्यवहार पैचो वा सापटबाट हुने गरेको छ । त्यसैले, उनीहरुको मौद्धिक अवस्था अन्य क्षेत्रको भन्दा तुलनात्मक रुपमा कमजोर छ । नयाँ साना मझौला उद्योग भन्दा पनि पुरातन खालका पेशा व्यवासय अझै पनि यस क्षेत्रमा विध्यमान छन् । जस्तै मौरी मालन, पशुपालन आदी । तर, ती व्यवसायको बजारिकरण पनि प्रतिस्प्रधात्मक हुन सकेको छैन ।

महत्वपूर्ण कुरा के हो भने त्यहाँका स्थानीयबासीहरुले चुरे क्षेत्रमा पाइने प्राकृतिक श्रोत साधनको दैनिक जीवनमा उपभोग गर्छन् । जल, जमिन जँगल र जडीबुटी उनीहरुले उपभोग गर्ने मुख्य बस्तु तथा सेवाहरु हुन् । त्यसैले चुरे क्षेत्र र स्थानीयवासी बिचको अन्तर सम्बन्ध सघन किसिमको छ । जुन सम्बन्ध परापुर्व काल देखी नै रहदै आएको हो । तर उनीहरुको अज्ञानताले गर्दा ती प्राकृतिक श्रोत साधान नासिदै गएकाले यस क्षेत्रको जैविक बिविधता तथा वातावरणिय पक्षमा थप चुनौति भने विद्यमान छ ।

८) सँघीय राज्य सँरचनामा के चुरे सँरक्षणमा भएका कार्यहरु सन्तोषजनक छन् ? चुरे क्षेत्रमा तिव्र रुपमा हुने बन पैदावारको फडानी, भौतिक पुर्वाधार विकास र निर्माण, वावरणीय तथा जैविक बिविधतामा परेको असर र अन्य यस क्षेत्रमा हुने प्राकृतिक श्रोत साधनमाथिको दोहनलाई कसरी व्यवस्थापन गर्नुपर्छ ?

छन् । सँघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकाबाट ३१ बटै जिल्लामा चुरे क्षेत्र सँरक्षणका लागि सम्बन्धित सरकारी निकायहरु बिच समन्वयन हुँदै आएको छ । थप यस कार्यलाई प्रभावकारी बनाउनका लागि राष्ट्रपति चुरे(तराई मधेस सँरक्षण विकास समितिको पुर्नसँरचना हुने गर्ने कार्य पनि भइरहेको छ । यसका लागि राष्ट्रपति चुरे(तराई मधेस सँरक्षण विकास समितिले पनि निर्देशत्मक रुपमा विभिन्न कार्यहरु स्थानीय स्तरमा सम्पन्न गरिरहेको छ । यस कार्यबाट स्थानीयबासीहरु प्रत्यक्ष रुपमा लाभाँवित छन् ।

साथै विकास समितिले नीतिगत रुपमा स्थानीय निकायलाई सहयोग र सुझाव दिन्छ यस कार्यले पनि चुरे सँरणक्षमा थप सहयोग पुगेको छ । साथै, विकास समितिले चुरे क्षेत्र सँरक्षणको लागि स्थानीय चुरे क्षेत्रमा नै गइ नियमित रुपमा अनुगमन र मुल्याकन पनि गर्ने गरेको छ । यस कार्यले पनि चुरे क्षेत्र सँरक्षणमा टेवा पुगेको छ । साथै, यस विकास समितिले चुरे क्षेत्रका स्थानीय व्यक्ति र स्थानीय गैसस, स्थानीय स्कुल कलेजसँग मिलेर पनि समन्वत्मक ढँगले चुरे क्षेत्र सँरक्षणको लागि विभिन्न प्रकारका परियोजनात्मक र अन्य जनचेतना मुलक कार्यहरु पनि गर्दै आएको छ ।

प्राकृतिक श्रोत साधन माथिको दोहनलाई रोक्न वनजन्य सबै किसिमका पैदावारको व्यवस्थित रुपमा सँकलन, भण्डारण र व्यवस्थापन गर्ने विधीको विकास गर्नुपर्छ । साथै, नदी जन्य पदार्थहरुको उचित तरिकाले उपभोग गर्ने गर्नुपर्छ । चुरे सँरक्षणका लागि वन व्यवस्थापनलाई उच्च प्राथमिकता दिने गर्नुपर्छ । साथै, चुरे क्षेत्र हुँदै तराई मधेस क्षेत्रमा बग्ने खोला, नाला र समग्र नदी सभ्यताको सम्बर्द्धन गर्ने कार्यले पनि चुरे क्षेत्रको सँरक्षण हुनसक्छ ।

तराई मधेसका लागि सिँन्चाइको आपूर्ति गर्ने, यस क्षेत्रमा पर्ने चरिचरण, खोच, उपत्यका र दुन क्षेत्रको सँरक्षण गर्ने, स्थानियवासी र अन्य प्राकृतिक श्रोत सम्पदा बिच पर्यावरणीय सन्तुलन कायम गर्ने कार्य पनि अबको आवश्यकता हो । र यस चुरे क्षेत्रको सम्पुर्ण जैविक बिविधतालाई क्षय हुन नदिने कार्य गर्नु नै अवको नयाँ कार्य योजना र कार्य दिशा हो । त्यसका लागि सबै सरोकारबालाहरु बिच आपसि सहमति र सहकार्य गर्दै सम्बन्धि क्षेत्रमा चुरे सँरक्षणका लागि अझ रचनात्मक कामहरु गर्नु जरुरी छ । र अध्ययन अनुसान्धानका कार्यमा पनि विकास समितिले स्थापना काल देखि नै बिभिन्न काम गर्दै आइरहेको छ । यस कार्यले पनि चुरे क्षेत्र सँरक्षणमा योगदान पुर्याएको छ ।

९) अन्त्यमा यस चुरे क्षेत्र सँरक्षणको मुद्धामा भन्नै पर्ने कुराहरु के के हुन् ?

चुरे क्षेत्रको अहिले व्यापक रुपमा दोहन भइरहेको छ । त्यसैले, चुरे क्षेत्रलाई सँरक्षण गर्ने सँघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच प्रभावकारी रुपमा चुरे क्षेत्र सँरक्षणको लागि समन्वयत्मक कार्यहरु हुनु आवश्यक छ । साथै, चुरे क्षेत्र सँरक्षणको लागि थप एन नियम पनि ल्याउनु पर्दछ । यो भावर र तराई मधेस सँग गाँसिएको मुद्धा हो त्यसैले यस क्षेत्रको सँरक्षण र व्यवस्थापनको कुरा गर्दा यी कुरालाई भिन्न रुपमा बुझ्नु हुँदैन ।

साथै, चुरे क्षेत्रको सँरक्षण गर्ने हो भने चुरे तराई मधेस सँरक्षण तथा व्यवस्थापन गूरु योजनालाई अध्यावद्धिक गर्नुपर्छ । साथै, यस समितिको पुर्नसँरचा पनि प्रभावकारी रुपमा हुनुपर्छ जसले गर्दा हिमालय पर्वतमाला सँगै पूर्व–पश्चिम तन्किएर रहेको यो क्षेत्रको सँरक्षण प्रभावकारी रुपमा हुन सक्छ ।

त्यसैगरी, चुरे क्षेत्र सँरक्षणको लागि स्थानीय उपभोक्ता, गैसस र सरकारी निकाय बिच आवश्यक समन्यव हुनु जरुरी छ । त्यसका लागि चुरे क्षेत्रको दीर्घकालिन रुपमा सँरक्षण हुन सक्ने निर्दिष्ट योजना हुनुपर्छ किनभने चुरे सँरक्षण क्षेत्र भौगर्भिक, जैविक, जल चक्रिय र पारिस्थितिकिय हिसावले महत्वपुर्ण छ त्यसैले चुरे क्षेत्रमा पाइने सबै प्रकार जैविक विविधतालाई अक्षुण राख्नु आजको आवश्यकता हो ।

अन्त्यमास् चुरे क्षेत्रमा भएका वा पाइने सबै प्राकृतिक श्रोत साधनहरु जस्तै जल, जमिन र जँङ्गलको अन्नत कालसम्म सबै स्थानीयबासीले उपभोग गर्ने वातावरण तयार हुनुपर्दछ । साथै, चुरे क्षेत्रको भौगोलिक, सामाजिक तथा सँस्कृतिक पक्षको पनि सबैले सँरक्षण र व्यवस्थापन गर्नु अबको कार्यदिशा हो । यस कार्य दिशा अनुसारको चुरे सँरक्षणको कार्यान्वयनले नै दीर्घकालीन समयसम्म चुरेतराई मधेस भूपरिधिको अवधारणालाई मुर्त रुप दिने पक्का छ ।

 

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !