नमिता दवाडीको शब्दमा ’म मजदुर मायाको’ सार्वजनिक

‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक

नमिता दवाडी

काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन् । कवि नमिता दवाडीको घर गोरखा भएपनि अहिले न्युजिल्यान्डमा बसेकी छन् । उनका कविताले प्रतिकात्मक अर्थ बोकेका हुन्छन् ।  म वीर्य शिर्षकमा लेखिएको कवितामा नमिता दवाडीले लेखेकी छन्–

बीर्यको अर्थ वीरता हुन्छ तिम्रो समाजमा, तिमी बीउ जमाउन सक्छौ, सृष्टि थमाउन सक्छौ, र , पुरुष मानिएका छौ, हे वीर्यबान तिमी दाता मानिन्छौ, खुशी.. खुशी.. शिरमै ठाउँ दिएको छ समाजले ।

गीतमा स्वयम् गायक भावुकको संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक फिचर्ड छन् । कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलाएमान बनाउन जोखिम उठाएर मिहेनत साथ यो सिर्जना सार्वजनिक गरेको गायक भावुकले बताएका छन् । मिराज अर्यालको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । महेश बाबु दवाडी निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडीको आधिकारिक च्यानल ’नमिता दवाडी’ मार्फत सार्वजनिक गरिएको हो ।

 

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !