भारतबाट फ्रान्स फर्किएका संक्रमितमा डेल्टा भेरिएन्ट देखियो

१४, जूनमा भारतमा ६२ हजार ५९७ जनाभन्दा बढी संक्रमित

आजभोलि

काठमाडौं । भारतबाट यात्रा पुरा गरी फ्रान्स फर्किएका अलग–अलग ठाउँका नागरिकमा कोरोना भाइरस डेल्टा भेरिएन्ट देखिएको छ । विश्वका धेरै मुलुकमा डेल्टा भेरिएन्ट फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ । युरोप केही मुलुकहरुले लकडाउन लगाउने तयारी गरेका छन् भने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र बेलायती अधिकारीहरुले डेल्टा भेरिएन्टले अत्याधिक संक्रमण फैलाउन सक्ने चेतावनी दिएका छन् ।

ब्रिटेनमा हिजो सोमबार मात्र ९० जनामा डेल्टा भेरिएन्ट देखिएको बताइन्छ । स्पेनको मैड्रिडको उप–स्वास्थ्य प्रमुख एन्टोनियो जापाटेरोले भनेका छन्– डेल्टा भेरिएन्ट छ, सात हफ्तामै स्पेनमा संक्रमण सबैभन्दा बढी फैलिने बताएका छन् । डेल्टा भेरिएन्ट फैलिएको पाइएपछि बेलायतले चार हप्ताका लागि लकडाउन थप गरेको छ । त्यस्तै जिम्बाबेले दुई हप्ताका लागि लकडाउन लगाएको छ । जुन १२ मा डेल्टा भेरिएन्ट पाइएपछि हुरुग्वे र करिबा जिल्ला लकडाउन गरिएको हो ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१४, जुन) मा १४ लाख ९२ हजार १५२ जनाको नमुना परीक्षण गर्दा ६२ हजार ५९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १३, जुनमा १९ लाख ३१२ जनाको नमुना परीक्षण गर्दा ६७ हजार २९० जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । दैनिक परीक्षण लगभग उस्तै गर्दा पनि कोरोना संक्रमण घट्दै गएको देखिन्छ । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (१४, जुन) मा कोरोनाभाइरस संक्रमणबाट १ हजार ४५२ जनाको निधन भएको छ ।

१३, जुनमा कोरोना संक्रमणबाट ३ हजार ८१९ जनाको निधन भएको थियो । नेपाली समय अनुसार असार १ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९५ लाख ७० हजार ३५ जना छन् । भारतमा २ करोड ८२ लाख ७२ हजार ७८० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख २० हजार १४९ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । असार १ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ७७ हजार ६१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

 

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !