भारतमा अधिकांश व्यक्तिको स्वास्थ्य बीमा छैन

१५, जूनमा भारतमा ६२ हजार २२६ जनाभन्दा बढी संक्रमित

आजभोलि

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरले एक सातामै ३ लाख ९१ हजार ८१९ संक्रमित औसतमा थपिएका थिए । पछिल्लो साता संक्रमित घट्दै गएको देखिन्छ । औषतमा कोरोना भाइरस संक्रमित ८५ हजार ८०७ जना संक्रमित थपिएका छन् । यसबाट शिक्षा लिएर भारतले तेस्रो लहरबाट हुन सक्ने संक्रमण र मृत्यु दर न्यून गर्ने तयारी गरेको छ ।

खेप लगाउने अभियान बाहेक चार कुरामा ध्यान दिइएको दावी गरिएको छ । कोरोना परीक्षण दर बढाउँदा कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न भारतका विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । यसबाट संक्रमित हो या होइन अलग गर्न सकिने हुँदा आइसोलेसनमा राख्न सकिन्छ । दोस्रो कुरा जनचेतना महत्वपूर्ण हुने बताइएको छ ।

कोभिड–१९ अति खर्चिलो भएकाले अस्पताल गएर उपचार गर्नुभन्दा कोरोनाभाइरसप्रति सचेत हुनु नै राम्रो हो । एक रिसर्चका अनुसार ०.४ प्रतिशत जनताले आपूmसँग भएको घर जग्गा बेचेर अस्पतालको बिल तिरेका छन् भने ३.५ प्रतिशतलाई साथी भाइले मद्दत गरेको तथ्यांकले देखाएको छ । अस्ताल भर्ना भएकामध्ये ११ प्रतिशतले क्रृण लिएर अस्पतालाई पैसा तिरेका छन् ।

अन्य अस्पताल भर्ना भएका कोरोना संक्रमितले आपूmसँग बचत भएको रकम खर्च गर्ने गरेका छन् । यसर्थ स्वास्थ्य बीमाको दायरा बढाउन भारतका स्वास्थ्य विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । अस्पतालमा भर्ना भएकामध्ये २५–३० प्रतिशतको स्वास्थ्य बीमा थिएन ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१५, जुन) मा १७ लाख ५१ हजार ३५८ जनाको नमुना परीक्षण गर्दा ६२ हजार २२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १४, जुनमा १४ लाख ९२ हजार १५२ जनाको नमुना परीक्षण गर्दा ६२ हजार ५९७ जना कोरोना भाइरस संक्रमित थपिएका थिए ।

करीब एक सातादेखि कोरोना परीक्षण लगभग उस्तै गर्दा पनि कोरोना संक्रमण र मृत्यु दर घट्दै गएको देखिन्छ । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (१५, जुन) मा कोरोना संक्रमणबाट १ हजार ४७० जनाको निधन भएको छ । १४, जुनमा कोरोनाभाइरस संक्रमणबाट १ हजार ४५२ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार २ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९६ लाख ३२ हजार २६१ जना छन् । भारतमा २ करोड ८३ लाख ८० हजार ६३४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ७२ हजार २६ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । असार २ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ७९ हजार ६०१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !