क्रियाशिल सदस्य नविकरण छुटको भए निवेदन दिन काँग्रेसको आग्रह

१४औं महाधिवेशन भदौ १६ गतेदेखि १९ सम्म हुने केन्द्रीय समितिबाट अनुमोदन

आजभोलि

काठमाडौं । नेपाली काँग्रेसले १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनका बारेमा शंका नगर्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

हिजो शुक्रबार केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशन तोकिएकै समयमा हुने दावी गरेका थिए । भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय समितिबाट अनुमोदन भएपछि कांग्रेस सभापति देउवाले भने ‘महाधिवेशन कुनै पनि हालतमा हुन्छ ।  १९ को २० हुँदैन, बरु १८ नै हुन्छ । महाधिवेशन कुनै पनि हालतमा सर्दैन ।

काँग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका, नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रदेश अधिवेशन भदौ १ र २ गरिने निर्णय गरिएको पनि पार्टीले जानकारी दिएको छ ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !