नेपाली मुलकी जेसिका नेसनल मिस अमेरिकनको राष्ट्रियस्तरमा छनौट

आजभोलि

टेक्सास । नेसनल अमेरिकन मिस (न्याम) को हिजो सम्पन्न टेक्सासको प्रतिक्ष्पर्धाबाट नेपाली मुलकी जेसिका लम्साल राष्ट्रिय स्तरका लागि छनौट भएकी छिन् । अब नोभेम्बर २१ देखि २७ मा हलिउड क्यालिफोनियामा एक हप्ता सम्म हुने राष्ट्रियस्तरको प्रतियोगितामा छनौट भएकी हुन् ।

संभवत यो स्तरको प्रतियोगितामा छनौट हुने जेसिका लम्साल पहिलो नेपाली मुलकी हुन् । संसारकै ठुलो मानिएको ब्यूटि प्याजेन्ट गर्ने नेसनल मिस अमेरिकनले अमेरिकाको सबै ठुला शहरबाट छानेर स्टेट हुँदै र स्टेटबाट जित्ने बढीमा एउटा स्टेटबाट तीनजना र कम्तिमा एकजना छानेर राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको लागि लैजाने गर्दछ ।

उनले त्यो अबसर संगै प्रतियोगितामा महत्पुर्ण मानिएका विभिन्न चार वटा अवार्ड पनि जितेकी छिन । टेक्सासको ह्युस्टनमा तीन दिनसम्म चलेको सो टेक्सास राज्य स्तरिय प्याजेन्टमा हिजो साँझ भएको फाईनलमा मोष्ट रेकमन्डेसन अवार्ड र स्पोर्ट लाईट अवार्ड जितेकी छिन भने हर्ट अफ द सर्भिस र स्पोक्स मोडलमा फ्रष्ट रनर अफ भएकी छिन् ।

फाईनलमा सहभागी हुन पाउनु आफ्नो जीवनकै ठुलो उपलब्धि भएको बताउदै अबको प्रतिस्पर्धामा सहभागी भएर नेपाली मुलको बताउने एउटा ठुलो अबसर हो भने म भन्दापछिका नेपाली बहिनीहरु जो अमेरिकामा छन उनिहरुलाई मैले अमेरिकाको ५० वटा स्टेटबाट सिफारिस गर्न पाउँछु ईच्छा गर्नेहरुका लागि पनि अवसर भएको लम्सालले बताईन् ।

यो झट्ट हेर्दा सुन्दरी प्रतियागिता जस्तो मात्रै लाग्न सक्छ तर होईन कुनै पनि व्यक्तिको व्यक्तित्व विकास गर्नका लागि चाहिने सबै कुराहरु जस्तै नेतत्व विकास, पव्लिक स्पिकिड, कसरी आफ्ना जीवनका उदेश्यहरुलाई मुर्त रुप दिने र संसारको पछिल्लो सुचना र प्रविधिको अवस्था तथा कसरी एउटा सफल व्यक्ति हुन के के चाहिन्छ र कसरी सभाईभ हुन सकिन्छ जस्ता विषयमा तीन दिन सम्म विभिन्न १२ वटा विधामा २४ जना जजहरुबाट जज गराईन्छ ।

त्यसैले व्यत्तित्व विकासको सन्र्दभमा यो एउटा अमेरिका जस्तो देशका लागि निकै ठुलो अवसरको रुपमा लिएको बताईन् । सन २०१७ नोभम्बरमा अमेरिका आएकी जेसिका कक्षा नौबाट अमेरिकामा अध्धयन गर्न थालेकी हुन । उनी यस अघि पनि लगातर दुई पटक टेक्सासबाट े स्टेट फाईनलिष्टमा पुगेकी थिईन् ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !