काठमाडौं–नयाँ दिल्ली दोहोरो भाडा एक लाखभन्दा बढी

सामान्य अबस्थामा भने २० हजार मात्रै भाडा हो

आजभोलि

काठमाडौं । काठमाडौं–नयाँ दिल्ली हवाई भाडा ५० हजारभन्दा बढी छ । नेपालको राजधानी काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीको उडान समय जम्माजम्मी १ घण्टा १० मिनेट मात्रै हो । तर यही हवाई दूरी तय गर्न भने महँगो मूल्य तिर्न बाध्य छन् हवाई यात्रुहरु ।

अहिले काठमाडौं–नयाँ दिल्लीको एकतर्फी भाडादर ५० हजार रुपैयाँसम्म पुगेको छ । खासमा सामान्य समयमा यो भाडादर सात हजारदेखि दश हजार हाराहारीमा सजिलै पाइन्थ्यो । तर अहिले सात गुणा महँगो भाडा तिरेर काठमाडौं–नयाँदिल्ली यात्रा गर्नुपर्ने बाध्यता भएको छ । तर उपचारका लागि भारत जानेले त्यही महँगो पैसा तिरेर पनि भनेको बेला टिकट पाउँदैनन् ।

भाडादर महँगो भएपछि यो गन्तब्यमा उडान थप्नुको विकल्प नरहेको निगमका एक अधिकारी बताउँछन् । उनका अनुसार विरामी लगायतका अत्यावश्यक कामका लागि नयाँदिल्ली जानेको संख्या बढ्दै गएकोले उडान थपेर सहज बनाउनुपर्छ । कम्तीमा दैनिक एक÷एक उडान गरे यात्रुको चाप पनि कम हुन्छ ।

ती अधिकारीले भने, ‘पीसीआर लगायतका सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान सातामा एउटा वा दैनिक गर्दा केही फरक पर्दैन् ।’ उनका अनुसार उडान थप्ने बारेमा पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ ।

किन भयो भाडा महंगो ?
कोभिड संक्रमणको पहिलो लहर सकिएपछि नेपाल–भारतबीच एयर बबल सम्झौंता अनुसार नेपाल र भारतले दैनिक एक÷एक उडान गर्ने सहमति भयो । सो सहमति अनुसार नेपाल वायुसेवा निगम र एयर इन्डियाले उडान थालेका थिए । कोभिड संक्रमणको दोस्रो लहरसँगै यो गन्तब्यमा साताको एक÷एक उडानमा झार्ने निर्णय भयो । उडान कम र यात्रुको माग बढी रहेपछि भाडादर उकालो लागेको हो ।

साताको शुक्रबार एक दिन एक सय ८० सीट क्षमताको जहाजमार्फत नियमित उडान गर्दै आएको एयर इण्डियाले पछिल्लो समय यात्रुलाई न्यूनतम भाडादरको टिकट पाउनै मुस्किल रहेको जनाएको छ । दुई तर्फी उडानमै यात्रु अकुपेन्सी शतप्रतिशत रहेको कम्पनीले जनाएको छ । सबै भन्दा लोयष्ट फेयर करीब १० हजार रुपैयाँ छ ।

तर यो भाडादरको टिकट पाइँदैन । यात्रुमा यो दरको टिकट काट्नमै प्रतिस्पर्धा हुन्छ । अधिकांश यात्रु महंगो भाडा तिर्नुपर्ने अवस्था छ,’ नेपालस्थित एयर इण्डिया कार्यालयका एक कर्मचारीले भने । यात्रुको माग बढेपछि नेपाल वायुसेवा निगमको भाडादर पनि आकासिएको छ । निगमले काठमाडौं– नयाँदिल्लीको भाडा ३२ हजार माथि बिक्री गरिरहेको छ ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !