भुटानका राजा जनतामा कोरोनाको प्रभाव बुझ्न गाउँगाउँ डुल्दै

आजभोलि

काठमाडौं । भूटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गछुक कोरोना कहरमा पनि गाउँ गाउँ हिडी रहेका छन् । आफ्ना जनताको हालखबर बुझ्न उनी गाउँ डुलेको समाचारमा उल्लेख छ । गाडी जाने ठाउँमा गाडीमा, घोडा पुग्न सक्ने ठाउँमा घोडामा र कतिपय ठाउँमा उनी पैदल हिडेर पुगिरहेको भारतबाट प्रकाशित हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ ।

कोरोना संकटको १४ महनिा भूटानका राजा जिग्मे नामग्याल वाङ्गचुकले गाउँ, शहर डुलेरै विताएका छन् । भूटानको जनसंख्या करीब ७ लाख ७९ हजार ९३७ जना छन् । असार १२ गते विहान ८ बजेसम्ममा ७ लाख ९८ हजार ५७३ जनाको नमुना परीक्षण गर्दा २ हजार १३ जना कोरोना भाइरसका संक्रमित भएका छन् ।

संक्रमितमध्ये १७ सय ४० जनालाई संक्रमण निको भैसकेको छ भने १ जना मात्रको मृत्यु भएको छ । भुटानमा २७२ जना मात्र सक्रिय संक्रमित छन् । जिग्मे खेसर नामग्याल वाङछुग जन्म फेब्रुअरी २१ सन् १९८० भएको थियो । उनी भुटान अधिराज्यका वर्तमान राजा हुन् । उनी भुटानका चौथा राजा जिग्मे सिङगे वाङचुकका छोरा हुन् ।

उनी ६ नोभेम्बर २००८ मा औपचारिक रूपमा भुटानका राजा बनेका हुन् । उनी सन २०११ सम्म विश्वका सबैभन्दा कान्छा राष्ट्रप्रमुख थिए, तर पछि उनको स्थान उत्तर कोरियाका किम जोङग–ऊनले लिएका थिए । उनको विबाह १३ अक्टोबर २०११ मा एक सामान्य नागरिककी छोरी जेचुन पद्मसँग भएको हो । उनी अहिले ४१ वर्षका भए ।

 

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !