चलचित्र ‘प्रेमगञ्ज’को सुटिङ हुँदै, गायक, गायिकाको खोजी

आजभोलि

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी हुँदै छ । उक्त चलचित्रको लागि नायक नायिकाका साथै अन्य कलाकारको लागि पनि यसरी नै खोजी र छनौट गरिएको थियो । यस चलचित्रमा २५ बर्षदेखि नेपाली चलचित्र उद्योगमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका छन् ।

‘प्रेमगञ्ज’ विशुद्ध प्रेम कथामा आधारित चलचित्र हो । मुख्य कलाकारमा नायक तेज गिरी, नायिकामा बेनिशा हमाल र सम्पदा बानियाँ रहेका छन् । सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाल अडिसनबाट छानिएका छन् ।

चलचित्रका अन्य कलाकारमा नरेश पौडेलल, रश्मी भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारी, अन्चित ढुङ्गाना लगायतको अभिनय रहने छ ।
चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको चलत्रिका निर्माता राजु फुयाँल छन् भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । त्यस्तै ‘आँधी तुफान–२’ को पनि निषेधाज्ञाले सुटिङ रोकिएको थियो ।

२५ प्रतिशत छायांकन सकिँदै गर्दा काम रोकिन पुगेको हो । फिल्मको छायांकन अब कहिले सुरु हुन्छ अभैm एकिन भएको छैन । त्यसबेलै निर्मातहरुले भनेका थिए, ‘निषेधाज्ञा पूर्ण रुपमा खुलेपछि फिल्मको छायाँकन थाल्ने,’ निर्देशक मदन घिमिरेले बताएका थिए

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !