कोरोनापछिको पुनस्र्थापनाको लाग विश्व बैंकसँग १७ अर्ब ७८ करोड ऋण लिने

आजभोलि

काठमाडौं । कोभिड १९ महामारी पछिको आर्थिक उत्थान र पुनर्संरचना कार्यक्रमका लागि नेपालले विश्व बैंकसँग १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबर ऋण लिने सम्झौता गरेको छ ।

अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका श्रीलंका, माल्दिभ्स तथा नेपाल निर्देशक फरिस हदाद जेर्भोसबीच उक्त ऋण लिने–दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  कोभिड १९ महामारीपछिको पुनस्र्थापना कार्यक्रमका लागि खर्च गर्न नेपालले सो ऋण लिएको हो ।

आन्तरिक राजस्व र भन्सार प्रणालीलगायत कर प्रणालीलाई व्यवस्थित गर्न, सार्वजनिक लगानी व्यवस्थापन तथा ऋण व्यवस्थापन र वातावरणीय क्षेत्रमा लगानी गर्नेगरी ऋण लिइएको । त्यस्तै यो रकम सामाजिक सुरक्षा तथा रोजगारी सिर्जनामार्फत आर्थिक विकासका लागि खर्च गरिने जनाइएको छ । दिगो विकास लक्ष्य र वातावरण संरक्षणका लागि पनि ऋण बापतको रकम खर्च गरिनेछ ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !