कोरोना भाइरसको उत्पतिबारे जी–सेभेनका नेताहरूको चासो

आजभोलि

काठमाडौं । कोभिड–१९ को कारक भाइरसको उत्पत्तिबारे खोज गरिरहेका वैज्ञानिकहरूबाट विज्ञानमा आधारित अध्ययन चाहेको जी–सेभेनका नेताहरूले बताएका छन् । शक्तिशाली देशका नेताहरूले वर्तमान महामारीका लागि जिम्मेवार भाइरस कहाँबाट आयो भन्ने पत्ता लगाउन सहयोग गर्ने इच्छा देखाएको पहिलो पटक होइन ।

अमेरिकी राष्ट्रपति जो बाइडनले हालै त्यहाँका गुप्तचर अधिकारीहरूलाई ९० दिनभित्र प्रतिवेदन ल्याउन आदेश दिएका थिए । त्यसमा कोरोनाभाइरस चिनियाँ प्रयोगशालाबाट आएको थियो भन्ने सम्भावनालाई पनि विस्तृत रूपमा हेर्ने कुरा समावेश छ । एकपटक धेरैले षड्यन्त्रको सिद्धान्तका रूपमा खारेज गरिदिएको प्रयोगशालाबाट भाइरस चुहिएको भन्ने अनुमान हालै फेरि बाहिर आएको छ ।

त्यसले पहिलेदेखि नै अप्ठ्यारो अवस्थामा रहेको चीन र पश्चिमा शक्ति बीचको सम्बन्धलाई थप जटिल बनाएको छ । चीनले उक्त सिद्धान्तलाई “बदनाम गराउने अभियान“ र “आरोप अर्कातिर सोझ्याउने“ पश्चिमा देशहरूको गतिविधिका रूपमा बारम्बार अस्वीकार गर्दै आएको छ । र, वुहानमा पहिलो पटक कोभिड–१९ देखिएको डेढ वर्ष भइसक्दा पनि उक्त भाइरस कसरी उत्पत्ति भयो भन्ने कुरा एउटा रहस्यकै रूपमा रहेको छ ।

यो खोज पछाडिको विज्ञान के हो र, राजनीतिभन्दा पर पुगेर भाइरसको उत्पत्ति पत्ता लगाउनुले के अर्थ राख्छ ? सार्स–कोभ–२ भाइरस सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर चीनमा पाइएको थियो र जुन २०२१ सम्ममा यो विश्वभरि फैलिएको छ । यसले हालसम्म करीब १८ करोडलाई संक्रमित बनाइसकेको छ भने ३९ लाख जतिको निधन भइसकेको छ ।

केही सुरुवाती घटनाहरू वुहान सहरको एउटा माछामासु बजारसँग जोडिएको थियो । त्यहीँ कोभिड–१९ संक्रमणको पहिलो समूह पाइएको थियो । पछिल्ला महिनाहरूमा वैज्ञानिकहरू “जुनाटिक स्पिलओभर“का कारण भाइरस फैलिएको भन्ने एउटा व्यापक सहमतिमा पुगेका छन् । जुनाटिक स्पिलओभर भनेको सङ्क्रमित जनावरबाट मानिसमा भाइरस सर्ने प्रवृत्ति हो ।

यस्तो मानिसबाट मानिसमा व्यापक सर्ने हुनुभन्दा अघि हुनेगर्छ । यद्यपि अर्को प्रतिस्पर्धी सिद्धान्तले भाइरस उक्त बजार नजिकैको जैविक अनुसन्धान केन्द्र– वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्लूआईभी) बाट फुत्केको हुनसक्ने बताइएको छ । त्यहाँ वैज्ञानिकहरू चमेरामा एक दशकदेखि कोरोनाभाइरसको अध्ययन गरिरहेका थिए ।

महामारीको सुरुमा उक्त विवादास्पद दाबीलाई तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा व्यापक रूपमा प्रचार गरिएको थियो । केहीले त यो जैविक हतियारका रूपमा प्रयोग गर्न मानवनिर्मित पनि हुनसक्ने सम्म बताएका थिए । तर त्यसपछि अनुसन्धानहरूले उक्त भाइरस बनाइएको हो भन्ने कुराविरुद्ध प्रमाणहरू दिएका छन् बीबीसीको अनलाइनले लेखेको छ ।

गत वर्ष जुलाईमा अमेरिकी जर्नल अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनमा वैज्ञानिकहरूको एउटा समूहले लेखेको छ– सार्स–कोभ–२ मानवनिर्मित रहेको अनुमानमा आधारित सिद्धान्तहरू पूर्णतः बदनाम छन् । उक्त भाइरसमा ती बनाइएका हुन् भन्नलाई “आनुवंशिक फिङ्गरप्रिन्टस् वा आनुवंशिक सिक्वेन्सहरू“का कुनै पनि मात्राहरू नभेटिएको उनीहरूले पाएको बताएका थिए ।

अमेरिकी सक्रामक रोग प्रमुख डा. एन्थोनी फाउचीले पनि हालै उक्त धारणाप्रति सन्देह व्यक्त गरेका थिए । उनले भने– चिनियाँहरूले जानाजान त्यस्तो कुरा बनाइरहेका थिए, जसले उनीहरू आफैँलाई मार्न सक्थ्यो मलाई लाग्छ– यो त धेरै परको कुरा भयो । यद्यपि हालैका दिनमा पनि कुनै बाहिर नआएको प्रयोगशाला घटनामा दुर्घटनावश उक्त भाइरस फैलिएको हुनसक्ने कुराले निकै चर्चा पायो ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !