भारतमा पनि ५० वर्षभित्रका नै कोभिडको चपेटामा

आजभोलि

काठमाडौं । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) नयाँ दिल्लीद्वारा गरिएको एक अध्ययन अनुसार कोरोना भाइरसको संक्रमणबाट ६५ वर्ष उमेरभन्दा बढी ५० वर्ष उमेर समूहका व्यक्तिको निधन भएको छ । यो प्रतिवेदनलाई इण्डियन जर्नल अफ क्रिटिकल केयर मेडिसिनमा प्रकाशित भएको छ ।

भारतका विभिन्न कोभिड–१९ केन्द्रलाई अध्ययनको केन्द्र बनाइएको थियो । यो अध्ययन एम्सका निर्देशक डा. रणदीप गुलेरिया, एम्स ट्रमा सेन्टरका प्रमुख डा. राजेश माल्थोत्रा र अन्य केही व्यक्तिद्वारा अनुसन्धान गरिएको हो । जर्नलका अनुसार ६५ वर्षभन्दा बढी उमेरका ६५४ जनाभन्दा बढी आईसीयुमा भर्ना भएका थिए, जसमध्ये २४७ जनाको निधन भएको थियो ।

विज्ञहरुले १८ वर्षदेखि ५०–५१ वर्ष हुँदै ६५ वर्षमाथि उमेर समूहका व्यक्तिमा खोज तथा अनुसन्धान गरिएको थियो ।  यसमा बढीजस्तो व्यक्ति उच्च रक्तचाप, मधुमेह र क्रोनिक किड्नी रोगीहरु संलग्न थिए । भारतमा जस्तै अस्पतालको आईसीयूमा निधन हुनेमा अमेरिका, स्पेन, इटलीमा मृत्यु हुनेमा बुढाहरुको तुलना ५० वर्षभन्दा तलकै बढी छन् प्रतिवेदनले भनेको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२८, जुन) मा २१ लाख ६ हजार १७८ जनाको नमुना परीक्षण गर्दा ३७ हजार ३७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २७, जुनमा २४ लाख ५३ हजार २०९ जनाको नमुना परीक्षण गर्दा ४६ हजार ५९२ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टा (२८, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट ९०७ जनाको निधन भएको छ । २७, जुनमा कोरोना भाइरसको संक्रमणबाट ९७३ जनाको निधन भएको थियो । नेपाली समय अनुसार असार १५ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३ लाख १६ हजार जना छन् ।

भारतमा २ करोड ९३ लाख ५९ हजार २०८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ५९ हजार १२४ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (सोमबार) मा ५६ हजार ९४८ जना कोरोना मुक्त भएका छन् ।

असार १५ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ९७ हजार ६६८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !