नेपाली कांग्रेसका नेतात्रयको सिंह निवासमा भेटवार्ता

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र संस्थापक नेतापुत्रहरु निरन्तर संवादमा जुटेका छन् । विमलेन्द्र निधिको वैवाहिक वर्षगाँठको दिनबाट सुरु भएको सो शृंखला सोमबार पनि जारी छ।

कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज पनि उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पुगेर छलफल गरेका छन् । सिंहका प्रेस संयोजक युपी लामिछानेका अनुसार तीन नेताबीच कांग्रेसको १४ औं महाअधिवेशनकेन्द्रित छलफल चलिरहेको छ ।

महाधिवेशनमा नेतृत्वको दाबी गर्दै आएका तीन नेताबीच यसअघि निधि निवास र कोइराला निवासमा छलफल भइसकेको छ । आज सिंहको निवासमा तीन नेताबीच लञ्चसहितको बैठक भइरहेको हो ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !