युरोकपमा जर्मनीलाई पराजित गर्दै इंल्याण्ड क्वाटरफाइनलमा प्रवेश

आजभोलि

एजेन्सी । जर्मनीलाई पराजित गरेर इंल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिजो राति भएको प्रि–क्वाटरफाइनलमा तीन पटक च्याम्पियन हातपारिसकेको जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इंल्याण्ड अन्तिम आठमा पुगेको हो ।

लण्डनस्थित वेम्बली स्टेडियममा इंल्याण्डलाई जिताउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरेका ।  पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंल्याण्डलाई सुरुमै अग्रता दिलाएका थिए । जारी युरोकपमा स्ट्रर्लिङको यो चौंथो खेलमा तेस्रो गोल हो । समूह चरणमा उनले दुई गोल गरेका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन् । जारी युरोमा उनको यो पहिलो गोल हो । यसैगरि स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे ।

रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।

 

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !