दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल सजाए

आजभोलि

काठमाडौं । दक्षिण अफ्रीकाको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा अनुसन्धानमा असहयोग गरेको आरोपमा १५ महिना जेल सजाए तोकेको छ । अदालतका न्यायमूर्ति सिसी खाम्पेपेद्वारा मंगलवार बिहान यो फैसला सुनाएका हुन् । उनी राष्ट्रपति हुनुभन्दा पहिले ७ सयभन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् ।

पूर्व राष्ट्रपति जुमा विरुद्ध भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौं काण्डमा मुछिएको बताएका छन् । दक्षिण अफ्रिकाको सन् २००९ देखि २०१८ सम्म राष्ट्रपति रहेका जुमा विरुद्ध भ्रष्टाचारका आरोपहरुका साथै ठगी, कर छली र सम्पत्ति शुद्धीकरण समेतका आरोप लागेका छन् ।

अदालतमा उनले आफूमाथि लागेका आरोप झुठा रहेको बताउँदै आफू विरुद्धका मुद्दाहरु राजनीतिक प्रेरित रहेको दाबी गरेका थिए । निलो पहिरनमा अदालतमा उपस्थित भएका ७९ वर्षीय जुमामाथि लागेका आरोपहरु प्रमाणित भए २५ वर्षसम्म जेल जानु पर्ने हुन्छ । अहिले त अदालतको अपमान गरेको र अनुसन्धानमा असहयोग गरेकोमा मात्र १५ महीना जेल सजाएको गरिएको हो ।

जुमामाथि लागेका भ्रष्टाचारका आरोपहरु उनी राष्ट्रपति हुनुभन्दा अघिका हुन् । साथै, यी आरोपहरु उनी सन् १९९९ देखि २००५ सम्म दक्षिण अफ्रिकाको उपराष्ट्रपति हुँदाको समयावधिका छन् । अभियोजकहरुका अनुसार जुमाले सन् १९९५ देखि २००५ को अवधिमा थेल्सबाट मात्र नभई विभिन्न स्रोतबाट घुस लिएका थिए । त्यस समयमा निकै लोकप्रिय उनी सत्तारुढ अफ्रिकन नेसनल कङ्ग्रेस पार्टीको प्रान्तीय राजनीतिबाट उपराष्ट्रपति पदमा पुगेका थिए ।

थेल्स विरुद्ध पनि मुद्दा दायर भएका छन् तर कम्पनीले आफूले स्वच्छ व्यवसाय गरेको दाबी गरेको छ । जुमा र थेल्स बिरुद्ध १८ वटा आरोप छन् । अभियोजकका अनुसार थेल्सबाट जुमाले वार्षिक करिब ४० हजार अमेरिकी डलर स्वीकारेका थिए।

यसबापत जुमाले अफ्रिकी सरकारसँग हुने हतियारको बिक्री सम्बन्धी विषयमा थेल्स माथि अनुसन्धान गर्नबाट रोक्न “राजनीतिक संरक्षण” दिएको अभियोजकको भनाई छ । तर सन् २००५ मा घुसखोरीको मुद्दा लागेपछि जुमालाई उपराष्ट्रपति पदबाट बर्खास्त पनि गरिएको थियो । तर चार वर्षपछि जुमाले दक्षिण अफ्रिकाको राष्ट्रपतिका रुपमा विजय पाएका थिए ।

 

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !