कोरोना संक्रमण भैसकेका व्यक्तिले एक डोज खोप लगाए पुग्ने

आजभोलि

काठमाडौं । जसलाई कोरोनाभाइरसको संक्रमण भइसकेको छ, उसले कोरोना विरुद्धको खोप लगाउँनु ठिक हुन्छ कि हुँदैन ? हुन्छ भने कति डोज खोप लगाउँनुपर्छ ? अधिकांशको जिज्ञाषा हुन सक्छ । सर्वसाधारणको मात्र होइन, वैज्ञानिक समुदायमा समेत बहस चलेको थियो ।

तर पश्चिमा देशहरुमा भएको नयाँ अध्ययनले एकपटक कोरोना जितिसकेका मानिसहरूका लागि खोपको एउटै डोज नै पर्याप्त हुने दाबी गरिएको छ । अर्थात्, कोरोना संक्रमित भएर त्यसबाट मुक्त भएका मानिसहरुले खोपको एक डोज लगाए पुग्छ । फाइजर र मोर्डना खोपमाथि गरिएको अनुसन्धानमा संक्रमण भएका व्यक्तिले एक मात्रा खोप लगाए पनि उसलाई कोरोनाभाइरसको संक्रमण हुँदैन ।

‘नेचर जर्नल’ प्रकाशित एक शोध रिपोर्टका अनुसार फाइजर एवं मोडर्ना खोपको प्रभाव देखिएको हो । संक्रमित भएको व्यक्तिले दोस्रो डोज खोपलेभन्दा पहिलो डोज खोपले प्रभावकारी काम गर्ने बताइन्छ । फ्रान्स, इटली, जर्मनी समेत केही देशले कोरोना भाइरसको संक्रमित भैसकेका व्यक्तिलाई एक डोज खोपको मात्र सिफारिस गर्ने गरिएको छ ।

न्यूयोर्क स्थित रोकफिलर यूनिभर्सिटीको शोधका अनुसार संक्रमण नभएका व्यक्तिले खोप लगाउँदा बी–सेल मेमोरी दश गुणाभन्दा बढी रिकर्ड भएको देखिएको छ भने संक्रमण भएपछि लगाइएको खोपले ५० गुणा बढी बी–सेल मेमोरी र न्यूट्रीलाइजिङ्ग एन्टिबडी ज्यादा पाइएको छ।

त्यसैले संक्रमण भैसकेका व्यक्तिलाई पहिलो डोज खोप नै काफी भएको विज्ञहरुले बताएका छन् । यदी भविष्यमा भाइरसले फेरी शरीरलाई हमला ग¥यो भने त्यसलाई पहिचान गर्ने र प्रतिरोध प्रणालीलाई सचेत गराउने काम बी सेल्सले गर्छ, ताकि प्रतिरोध प्रणालीले भाइरसलाई समाप्त गर्नका लागि किलर सेल्स बनाउन सुरु गरोस्।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२९, जुन) मा १७ लाख ६८ हजार ८ जनाको नमुना परीक्षण गर्दा ४५ हजार ६९९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २८, जुनमा २१ लाख ६ हजार १७८ जनाको नमुना परीक्षण गर्दा ३७ हजार ३७ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टा (२९, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट ८१६ जनाको निधन भएको छ । २८, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ९०७ जनाको निधन भएको थियो । नेपाली समय अनुसार असार १६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ जना छन् ।

भारतमा २ करोड ९४ लाख १९ हजार ४९७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४३ हजार ७१८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (मंगलबार) मा ६० हजार २८९ जना कोरोना मुक्त भएका छन् । असार १६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ९८ हजार ४८४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !