कोरोना संक्रमितबाट घरपालुवा जनावरलाई अलगै राख्न विज्ञको सुझाव

आजभोलि

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमण शुरु भएको दुई भइसक्यो । अहिलेसम्म जोखिम घटेको छैन । विश्वभरमा कोरोना संक्रमितको संख्या १८ करोड ३९ लाख ९० हजार ११५ जना पुगिसकेको छ । त्यसमध्ये ३९ लाख ७० हजार ६३३ जनाले यसकै ज्यान गुमाइसकेका छन् ।

नेदरल्याण्डको युट्रेक्ट विश्वविद्यालयले गरेको अनुसन्धानका अनुसार कोरोना संक्रमित भएको व्यक्तिले पालेको कुकुर वा बिरालोलाई पनि कोरोना भाइरसको संक्रमण हुने देखिएको छ । सार्वजनिक रुपमा नआएको शोधका अनुसार अनुसन्धानमा १९६ घरका संक्रमितमध्ये १५६ कुकुर र १५४ बिरालाहरु संलग्न गराइएको थियो ।

उनीहरुको स्वाव लिइएकोमा ४.२ प्रतिशत घर पालुवा जनावरमा संक्रमण देखिएको पाइएको नेदरल्याण्डको विश्वविद्यालयले जानकारी दिएको छ । यूट्रेक्ट विश्वविद्यालयका अनुसार ३१ बिरालो र २३ वटा कुकुरमा एण्टिबडी पाइएको थियो । तर संक्रमित व्यक्तिबाट घरपालुवा जनाबरलाई टाढै राख्नु उपयुक्त हुने सुझाव दिइएको विश्वविद्यालयले जानकारी गराएको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१, जुलाई) मा १९ लाख २१ हजार ४५० जनाको नमुना परीक्षण गर्दा ४३ हजार ३६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३०, जुनमा १९ लाख ६० हजार ७५७ जनाको नमुना परीक्षण गर्दा ४८ हजार ८७८ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टाक (१, जुलाई) मा कोरोना भाइरसको संक्रमणबाट ७९६ जनाको निधन भएको छ । ३०, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ९९१ जनाको निधन भएको थियो । नेपाली समय अनुसार असार १८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४ लाख ५३ हजार ९३७ जना छन् ।

भारतमा २ करोड ९५ लाख ३६ हजार ८७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख १७ हजार ५७९ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बिहीबार) मा ५४ हजार ५६५ जना कोरोना मुक्त भएका छन् ।

असार १८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २७१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

 

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !