कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवा पुस्ता

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको लागि नेताहरुको दौडधुप बढेको छ । आगामी भदौमा हुनलागेको महाधिवेशनबाट नेतृत्वका लागि आधादर्जन बढी नेताहरुले आ–आफ्नो ठाउँबाट भेटघाट, बहस, छलफललाई तीब्र बनाएका छन् । सभापति शेरबहादुर देउवाले फेरि दोहोरिने इच्छा प्रकट गरेका छन् ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सभापति पदलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर अगाडि बढेका छन् । अन्य नेताहरुमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र सुजाता कोइराला खुलेरै भेटवार्तामा लागिसकेका छन् । कतिपय नेताहरुले गुट परिवर्तन नै गरेरै भएपनि चुनावी मैदानमा उत्रिने संकेत देखाएका छन् ।

तर, अहिलेसम्म कुन गुटमा लाग्ने भन्ने कसैको पनि एकिन छैन । पदाधिकारीका लागि भएको दौडधुपसँगै केन्द्रीय सदस्यका लागि दौडिनेको पनि कमी छैन । मूल पार्टी राजनीतिमा पहिलो पटक केन्द्रीय सदस्य बन्ने होडमा कांग्रेसका भातृ संस्था नेविसंघ र तरुण दलका पूर्व तथा वर्तमान पदाधिकारीहरुको बाक्लो उपस्थिति देखिन्छ ।

केन्द्रीय सदस्य बन्न सशक्त ढंगले अगाडि बढ्नेमा संविधानसभा सदस्य रामहरी खतिवडा, नेविसंघका नेता उमेशजंग रायमाझि, उदय शमशेर राणा, राजीव ढुङ्गना, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर, तरुण दलकी नेतृ लक्ष्मी खतिवडा, नेविसंघका पूर्व उपाध्यक्ष गुरु बराललगायतका युवा नेताहरुले आफ्नो दुनो सोझ्याउन थालेका छन् ।

यसपटक केन्द्रीय सदस्य भिड्नका लागि नेविसंघ र तरुण दलको राजनीतिबाट खारिएका युवाहरु नै बलिया देखिका छन् । त्यसमा तरुण दलका पूर्व अध्यक्ष विनोद काष्ठ, नेविसंघकी पूर्व महामन्त्री प्रतिमा गौतम, प्रतिनिधिसभा सदस्य तथा दलित संगठनका नेता प्रकाश रसाइली स्नेही, नेविसंघका पूर्व महामन्त्री तथा रोल्पाबाट कांग्रेसको राजनीति गर्दै आएका मनोजमणि आचार्य, नेविसंघका पूर्व अध्यक्ष केशव सिंह, नेविसंघका अध्यक्ष प्रमोदहहरि गुरागाइ, नेविसंघका पूर्व महामन्त्री गजेन्द्रबहादुर कार्की, नेविसंघका पूर्व सहमहामन्त्री निखिलेस मिश्र, प्रदेश नम्वर एकका सचेतक केदार कार्की, नेविसंघका पूर्व सहमहामन्त्री टेकराज पौडेल, नेविसंघका पूर्व अध्यक्ष रन्जीत कर्णलगायत नेताहरु कांग्रेस केन्द्रीय सदस्यका दाबेदार हुन् ।

त्यस्तै नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्ले, पूर्व कोषाध्यक्ष विनोद वान्तवा, नेविसंघका पूर्व उपाध्यक्ष रत्न कार्की पनि कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य प्रत्यासी हुन् । सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवै जनाले पार्टी नेतृत्व युवापुस्तामा हस्तान्तरण गर्नुपर्ने आवाज कांग्रेसभित्र उठिरहेको छ । तर, उहाँहरु दुवैजना युवा पुस्तालाई दिन तयार देखिनुभएको छैन । जसका कारण दुवै पक्षबाट आफ्नै ढंगले लभिङ सुरु भएको छ ।

 

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !