युरोकप फुटबल : स्वीजरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

आजभोलि

एजेन्सी । १६ औं संसकरणको युरोकप फुटबलको तीन पटकको च्याम्पियन स्पेन बनेको छ । स्पेनले स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।

रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित समय ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

पेनाल्टी सुटआउटमा स्पेनले बाजी मारेको हो । प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले हराएर अन्तिम आठको यात्रा तय गरेको थियो । स्विट्जरल्यान्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराएर स्पेनसँगको भेट पक्का गरेको थियो ।

 

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !