क्यानडाका प्रधानमन्त्रीले पहिलो र दोस्रो खोप फरक–फरक लगाए

आजभोलि

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जष्टिन टुडोले कोरोना विरुद्धको दोस्रो खोप मोर्डना लगाएका छन् । उनले पहिलो खोप एष्ट्राजोना लगाएका थिए । हेल्थ अथोरिटीजले दिएको सल्लाह अनुसार उनले दोस्रो डोज खोप लगाएका हुन् । एस्ट्राजेनकाको पहिलो डोज लगाएका व्यक्तिले दोस्रो डोज मोडर्ना या फाइजर खोप लगाउँदा इम्यूनिटी बढ्ने जर्मनीका विज्ञहरुले बताएका छन् ।

जष्टिन ट्रूडो र उनकी श्रीमती सोफियाले क्यानडाको ओट्टावामा दोस्रो डोज खोप लगाएका थिए । उनीहरुले अमेरिकी फर्मद्वारा तयार मोडर्ना खोप लगाएका हुन् । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२, जुलाई) मा २२ लाख ३० हजार २६ जनाको नमुना परीक्षण गर्दा ४७ हजार २५२ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

१, जुलाईमा १९ लाख २१ हजार ४५० जनाको नमुना परीक्षण गर्दा ४३ हजार ३६० जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ७९७ जनाको निधन भएको छ । १, जुलाईमा कोरोना भाइरसको संक्रमणबाट ७९६ जनाको निधन भएको थियो ।
भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ५ लाख १ हजार १८९ जना छन् ।

भारतमा २ करोड ९५ लाख ९७ हजार ७३८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख २ हजार ३८३ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ६१ हजार ६५१ जना कोरोना मुक्त भएका छन् । असार १९ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १ हजार ६८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !