गायिका चौहानको नयाँ गीत बजारमा

आजभोलि

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएपछि एकाएक चर्चाको शिखर चुम्मन सफल गायिका हुन् एलिना चौहान । उनका यसअघिका गीतहरु सबैजसो चर्चित छन् । त्यही मेसोमा उनको नयाँ रोमान्टिक गीत ‘क्या हिरो भएछ’ सार्वजनिक भएको छ ।  गीतलाई धनकुटा खबरको अफिसियल युट्युव च्यानल मार्फत ‘क्या हिरो भएछ’ बोलको गीत सार्वजनिक गरिएको छ ।

यस ‘क्या हिरो भएछ’ गीतमा २ बाल कलाकार विश्वास बस्नेत र सनुजा राई लगायत अन्य कलाकारहरुको भूमिका रहेको छ । गीतमा सुमन योगी, मोडल सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेल, करुणा लिम्वु, सुजन राईको अभिनय रहेको छ ।  विष्णु विक्रम निरौलाको निर्देशन रहेको उक्त भिडियोको नृत्य निर्देशन सुमन योगीले गरेका गरेका छन् ।

गीतकार एवं निर्देशक निरौलाद्वारा लिखित पहिलो गीत गायक किरण भुजेलको आवाज रहेको ‘चट्ट कपाल कोरेर’ त्यस्तै दोश्रो विशाल निरौला र अश्मिता अधिकारीको आवाज रहेको ‘माया पलायो’ त्यस्तै तेस्रो निशान भट्टराईको आवाजमा ‘गाजल लिपिक्कै’ बोलको गीतहरु सार्वजनिक गरे लगत्तै चौथो गीत गायिका एलिना चौहानको आवाज रहेको ‘क्या हिरो भएछ’ सार्वजनिक गरिएको प्रोडक्सन म्यानेजर मोहन राई बताउँछन् ।  यी चारै गीतमा एम के निरौलाको कम्पोज र विशाल निरौलाको एरेन्ज, मिक्स रहेको र अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो ।

 

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !