ब्राजिलका राष्ट्रपतिलाई भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न अनुमति

आजभोलि

काठमाडौं । ब्रजिलको सर्वोच्च अदालतले भारतबाट कोभ्याक्सिन खोपको खरिदमा भएको हुन सक्ने भ्रष्टाचारबारे छानबिन गर्न अनुमति दिएको छ । शुक्रवार राती एक न्यायाधीशले उक्त प्रकरणमा राष्ट्रपति जाइर बोल्सोनारूको भूमिकाको अनुसन्धान गर्न गरिएको अनुरोधलाई मन्जुरी दिएका छन् ।

गोप्य सूचना बाहिर ल्याइदिएका स्वास्थ्य मन्त्रालयका एक अज्ञात कर्मचारीका कोभ्याक्सिन खरिदको विषयमा बढी मूल्य तिरेर वरिष्ठ अधिकारीहरूले घुस लिएको जानकारी पाए पनि बोल्सोनारूले कारबाही नगरेको आरोप लगाएका छन् । उनले वरिष्ठ अधिकारीले भारतमा बनेको खोपमा घुस लेनदेन हुन लागेको जानकारी राष्ट्रपतिलाई तीन महिनाअघि नै दिइएको दाबी गरेका छन् ।

बोल्सोनारूले यी आरोपहरू अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ । उनले महाभियोग प्रक्रिया अघि बढाउन विपक्षीहरूले आफूविरुद्ध जथाभाबी आरोप लगाइरहेको बताएका छन् । २१ करोड ४० लाख ७९ हजार १९६ जनसंख्या रहेको ब्राजिलमा ५ करोड ४० लाख ३ हजार ११२ जनाको नमुना परीक्षण गर्दा १ करोड ८७ लाख ६९ हजार ८०८ जना कुल संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये ११ लाख ६२ हजार ४५७ जना सक्रिय कोरोनाभाइरसका संक्रमित छन् । यसैबीच बोल्सोनारू र उनको सरकार कोरोनाभाइरसको महामारीलाई सम्बोधन गर्न चुकेको भन्दै ब्रजिलका शहरहरूमा प्रदर्शनहरू भइरहेका छन् । दशौँ हजार मानिसहरू सहभागी भइरहेका ती प्रदर्शनमा खोप कार्यक्रमलाई गति दिन र समाजका अति विपन्न वर्गलाई आर्थिक सहयोग उपलब्ध गराउन भनिएको छ ।

साओ पाउलो, रिओ द जेनेरो सहित लगभग एक सय सहरमा भएका प्रदर्शनमा राष्ट्रपति बोल्सोनारूविरूद्ध महाभियोगको प्रक्रिया थाल्न पनि माग गरिएको छ । पछिल्ला प्रदर्शन स्वास्थ्य मन्त्रालयले दशौँ लाख खोप खरिद अघि बढाउँदा भ्रष्टाचार भएका आरोपहरू बाहिर आएपछि शुरू भएको हो । राष्ट्रपति बोल्सोनारूले निरन्तर कोभिड–१९ को सङ्क्रमणको गम्भीरतालाई कम आँकेका विवरणहरू आएका थिए ।

सङ्गठित रूपमा कोभिड प्रतिकार्य कार्यक्रम अघि नबढाएको एवम् खोप, लकडाउन र मास्क लगाउनुपर्ने जस्ता अत्यावश्यक सुरक्षा उपायहरूलाई खुकुलो बनाउने प्रयास गरेकाले उनको चर्को आलोचना भइरहेको छ । स्वास्थ्य इन्स्टिच्युट फिओक्रुजले ब्रजिलको अवस्था चिन्ताजनक भन्दै त्यहाँ जम्मा ११ प्रतिशत वयस्कहरूले पूर्ण रूपमा खोप लगाएको जनाएको छ ।

अघिल्लो महिनादेखि त्यहाँका कैयौँ शहरहरूमा रेस्टुराँ, बार र पसलहरू खुलेका थिए भने चोकहरूमा हिँड्दा धेरै मानिसहरूले मास्क लगाउने वा सामाजिक दूरी कायम गर्ने गरिरहेका छैनन् । अघिल्लो महिना नै त्यहाँका कैयौँ शहरहरूमा रेस्टुराँ, बार र पसलहरू खुलेका थिए भने चोकहरूमा हिँड्दा धेरै मानिसहरूले मास्क लगाउने वा सामाजिक दूरी कायम गर्ने गरिरहेका छैनन् ।

२०७८ साल असार २१ गते सोमबारसम्ममा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पाँच लाख २४ हजार ४७५ जना छन् । कोभिड–१९ का कारण ज्यान गुमाएको उक्त संख्या अमेरिकापछि सबैभन्दा उच्च हो ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !