कोरोनाको कहरबाट आक्रन्त सिनेक्षेत्रसँगै कुमारी हल बन्द

आजभोलि

काठमाडौं । कोरोना भाइसका कारण रहेक क्षेत्र तहसनहस भएको छ । त्यसमा अझ बढी सिनेमा क्षेत्र उठ्न नसक्ने गरी थलिएको छ । सिनेजगत अन्यको तुलनामा नेपाली मनोरञ्जन क्षेत्र पूर्ववत् अवस्थामा फर्किन पाँच वर्ष लाग्ने देखिन्छ । त्योसँगै कलाकारहरू पेशाबाट पलायन हुने संख्या बढ्न थालेको छ । डेढ वर्षदेखि सिनेमा हलहरु बन्द अवस्थामा छन् ।

जसकारण लगानीकर्ताको अर्बौंंको लगानी चकनाचुर भएको छ । त्यही चपेटामा परेर ३७ वर्षको इतिहास बोकेको कुमारी सिनेमा हल सदाका लागि बन्द हुने भएको छ । कोरोना कहरका कारण बन्द गरिएको हलको भवन अब अन्य प्रयोजनका क्षेत्रमा लगिने छ । कोरोनाले गर्दा हलले खर्च धान्नै नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएको सञ्चालकहरुको भनाइ छ ।

शनिबारदेखि हलभित्र रहेका सबै सरसामान हटाउन थालिएको छ । कुमारी हलबाट निर्माताहरुले ठूलो मात्रामा सेयर पाउने गरेका थिए । फिल्मको च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सवलगायतका लागि पनि कुमारी हल अत्यधिक प्रयोग हुन्थियो । कोभिड–१९ का कारण अहिलेसम्म देशभरका ३०–४० वटा हल बन्द भइसकेका छन् ।

करिब १० महिना बन्द भएर पुसको अन्तिम साता आधाजति हलहरु ‘अकुपेन्सी’मा खुलेका सिनेमा हल दोश्रो भेरियन्टको लहरका कारण पुनः बन्द भएका हुन् । सिनेमा हल सञ्चालकहरूले राखेका मागमा सरकारले उदासीनता देखिएपछि हलै बन्द गर्नुको विकल्प नभएको उनीहरूको भनाइ छ । महामारीबाट बच्न राज्यबाट नीतिगत सुधार, सहुलियत र साथ नपाए आगामी दिनमा यो नेपाली सिनेमा क्षेत्र तहसनहस हुने दखिन्छ ।

 

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !