कलाकार तथा निर्देशक शिशिर राणा बैंकिङ कसुरमा पक्राउ

आजभोलि

काठमाडौं । प्रहरीले कलाकार शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । उनलाई बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको आरोपमा प्रहरीले विजुलीबजारबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार राणालाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना तोकेको थियो ।

२०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ । उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको डीआईजी सिंहले बताएका छन् । शिशिर राणा दुई दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् । ‘तिमीसँग’ र ‘पोई प¥यो काले’ गरी दुई चलचित्रको निर्देशन गरिसकेका उनले ‘अन्दाज, वडा नम्बर छ, क्लासिक, वीर विक्रम, कायरा, रामकहानी’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन्।

 

 

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !