जर्मनीले नेपालसहित तीन देशका यात्रुमा लगाइएको प्रतिबन्ध हटाउने

आजभोलि

काठमाडौं । जर्मनीले कोभिड–१९ का कारण बेलायत, नेपालसहित अन्य तीन राष्ट्रका यात्रुहरूमा प्रतिबन्ध लगाएको थियो । त्यसरी लगाएको बन्देज फुकुवा गर्ने भएको हो । पोर्चुगल, रुस र भारतका नागरिकहरूलाई लक्षित गरेर जर्मनीले आवतजावत बन्द गरेको थियो । जर्मनीमा कोरोनाभाइरसका संक्रमितको कुल संख्या ३७ लाख ३८ हजार ८४३ जना छन् ।

कुल संक्रमितमध्ये ९१ हजार ५९५ जनाको मृत्यु भैसकेको छ । पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारेन्टाइनमा पनि बस्नु नपर्ने बताइएको छ । खोप नलगाइकन भएका मानिसहरूले भने १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ । तर, उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टीनबाट बाहिरिन पाउने छन् ।

हालसम्म यी पाँच राष्ट्रहरूलाई डेल्टा भेरिअन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण ’’भाइरस भेरिअन्ट एरियाज’’का रूपमा वर्गीकरण गरिएको थियो । उक्त भेरिअन्ट सुरुमा भारतको महाराष्ट्रमा पहिचान भएको थियो । जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।

यी पाँच राष्ट्रहरूलाई अब “हाइ इन्सिडेन्स एरियाज’’ अर्थात् संक्रमितहरूको संख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जनाएको छ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा कोभिडसम्बन्धी नियमहरू जुलाई १९ तारिखबाट हटाउने आफूहरूले अपेक्षा गरिरहेको पुष्टि गरेको केही घण्टामा जर्मनीले प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्ने बताएको हो ।

अबको दुई सातामा इङ्गल्यान्डमा सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनु पर्ने नियम हटाइने अपेक्षा गरिएको छ । बेलायतका प्रधानमन्त्री जोनसनले खोप कार्यक्रमले नयाँ संक्रमण र मृत्युबीचको सम्बन्ध तोडिदिएको बताएका छन् । तर डाउनिङ स्ट्रीटमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा महामारी अन्त्य भई नसकेको र थप मानिसहरूको मृत्यु हुन सक्ने बताइएको थियो ।

 

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !