मलेसियामा देखिएको भेरियन्ट अहिलेसम्मकै घातक

आजभोलि

काठमाडौं । कोरोनाको डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा फैलिएको थियो । यसको फैलावट पछि सयभन्दा देशमा पुग्यो । कोरोनाको दोस्रो लहरले भारतलाई लगभग तहसनहस नै बनायो । अहिले मलेसिया फौलिएको लाँबड भेरियन्ट डेल्टा भेरियन्टभन्दा कयौं गुणा भातक भएको विज्ञको ठम्याई छ । मलेशिया देखिएको लाँबड भेरियन्टबारे त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो भेरियन्ट चार हप्ताभित्र ३० भन्दा बढी देशमा फैलिसकेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाइ छ । लांबडा स्ट्रेन सबभन्दा पहिले पेरूमा देखिएको थियो । पेरू कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने देशहरुको सूचीमा पर्छ । दक्षिण अमेरिकी देश चिलीमा पनि लाँबडा भेरियन्ट देखिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लाँबडा भेरियन्टबारे गम्भिर चिन्ता जनाएको छ ।

यो भेरियन्टले तिब्र गतिमा संक्रमण मात्र फैलाउँदैन एन्टिबडीलाई समेत प्रभावित पार्ने डब्ल्यूएचओले बताएको छ । बेलायतका विज्ञहरुका अनुसार लांवडा भेरियन्टले खोप लगाएका मानिसहरुमा समेत असर पार्न सक्ने बताइन्छ । विश्वभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो समय १९ लाख ७ हजार २१६ जनाको नमुना परीक्षण गर्दा ४५ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

६ जुलाईमा १६ लाख ४७ हजार ४२४ जनाको नमुना परीक्षण गर्दा ४३ हजार ९५७ जना कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टा (७, जुलाई) मा कोरोना भाइरसको संक्रमणबाट ८१४ जनाको निधन भएको छ । ६, जुलाईमा कोरोना भाइरसको संक्रमणबाट ९३० जनाको निधन भएको थियो । असार २४ गते सम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ७ लाख ८ हजार ९२ जना छन् ।

भारतमा २ करोड ९८ लाख ३६ हजार ७० जना संक्रमणबाट निको भइसकेका छन् । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ६६ हजार ९६८ जना छ । यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ४४ हजार १०३ जना कोरोना मुक्त भएका छन् । असार २४ गतेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ५ हजार ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !