दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

आजभोलि

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । बीबीसी न्यूजका अनुसार उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले जनाएको छ । उनले त्यसरी आत्मसमर्पण नगरे पक्राउ गर्न आफूहरू तयार रहेको प्रहरीले चेतावनी दिएको थियो ।

अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो । आत्मसमर्पण गर्न सुझाउँदा अस्वीकार गरेपछि जुमालाई निश्चित समय उपलब्ध गराइएको थियो । राष्ट्रपति जुमाले पक्राउ आदेशको पालना गर्ने निर्णय गरेका छन्, उनको फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनकी छोरीले त्यसको केही समयपछि सामाजिक सञ्जाल ट्विटरमा आफ्ना पिता बाटोमा रहेको (जेल जानका लागि) र उनमा अझै पनि उच्च आत्मबल रहेको भन्दै पोस्ट गरेकी थिइन् । दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो हो । जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेश गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

उनको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ । तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको दावी गर्दै आएका छन् ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !