एडीलेड अष्ट्रेलिया निवासी सम्पूर्ण नेपालीमा चन्द्र कुँवरको अपिल

आजभोलि

काठमाडौं । चन्द्र कुँवर अष्ट्रेलियाको एडीलेड निवासी नेपाली हुन् । उनले आउँदो गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको चुनावमा राष्ट्रिय समन्वय समिति सदस्य (एनसीसी मेम्बर) पदमा उम्मेदवारी दिँदै छन् । कुँजर विगत लामो समयदेखि अष्ट्रेलियाको एडीलेड निवासी नेपालीहरु माझ सामाजिक काम गर्दै आएका छन् ।

उनले सोही कार्यअनुसार सामाजिक हित, आपसी सरसहयोग तथा भाइचाराको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने प्रतिवद्धता जनाएका छन् । कुँवरले आउँदा दिनहरुमा ती सहयोगी हात र भाइचाराको सम्बन्धलाई अझ उत्तरदायी, मर्यादित र संस्थागत ढंगबाट सम्बोधन गर्न आफ्नो उम्मेदवारी भएको दृढता प्रकट गरेका छन् । त्यसका लागि आफूलाई राष्ट्रिय समन्वय समिति सदस्यमा निर्वाचित गराउन अष्ट्रेलियाको एडीलेड निवासी नेपालीहरु माझ अपिलसमेत गरेका छन् ।

उसोत २०१७, १९ को गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलिया कार्य समितिमा सहसचिवको भूमिकामा रहेर खारिएका कुँवरसँग समाज सेवामा पुरानो अनुभव पनि उत्तिकै छ । विगतमा भैंm विद्यार्थीका आधारभूत समस्यामा समाधानको खोजी सहयोग गरेका छन् । उनी सहसचिवको भूमिकामा रहँदा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको साख एवं प्रतिष्ठालाई बलियो बनाउका लागि यथोचित प्रयास गरेका थिए ।

सधंै पारदर्शिता र जवाफदेहीतालाई मूल मन्त्र ठान्ने कुँवर बहुसांस्कृतिक भूमिमा नेपाली धर्म, संस्कार, संस्कृति एवं पहिचानको विशिष्ठता कायम गर्दै साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदायसँगँग निरन्तर सहकार्यमा रहने प्रतिवद्धता गरेका छन् । कुँवर अगाडि थप्छन्, ‘सामुदायिक आवश्यकताका विषयहरुमा अविच्छिन्न लागिरहने प्रतिवद्धता व्यक्त गर्दै हजुरको अत्यन्तै निर्णायक मतको लागि सादर अनुरोध गर्दछु ।

’ यी प्रतिवद्धताका साथ कुँवर आसन्न गैर आवासीय संघ नेपाली संघ अस्ट्रेलियाको चुनावमा आपूmलाई राष्ट्रिय समन्वय समिति सदस्य (एनसीसी मेम्बर) पदमा उम्मेदवार छन् । उक्त चुनावमा भोट दिइ निर्वाचित गराउन अनुरोध पनि गरेका छन् । सो पदको लागि चन्द्र कुँवर सोभाविक र सशक्त उम्मेदवारको रुपमा चिचिन्छन् । उनले यसअघि गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलिया कार्य समितिमा सहसचिव भएर पनि धेरै काम गरेका छन् ।

उनी किन बलिया उम्मेदवार हुन् भने उनले पहिलो कार्यसमितिबाट धेरै काम गरेको उनी टिकट स्रोत बताउँछ । त्यसकारण पनि अहिले राष्ट्रिय समन्वय समिति सदस्य अस्ट्रेलियामा चन्द्र कुँवरको जित लगभग निश्चित जस्तै देखिन्छ । उनले प्रवासमा रहेर पैसा कमाउनेभन्दा पनि समाजसेवालाई महत्व दिएको भुक्तभोगीहरु बताउँछन् ।

उनले जहिले पनि पहिला समाजसेवा अनि मात्र आफ्नो काम गरे । विगत दिनहरुमा प्रवासमा पीडामा परेका धेरैको सहयोगी बनेका छन् । अस्ट्रेलियालगायत अन्य मुलुकका गैर आवासीय नेपालीहरुको लागि पनि सहयोगी भूमिका निर्वाह गरेका छन् । त्यसकारण पनि चन्द्र कुँवर बलिया उम्मेदवारको रुपमा देखिन्छन् ।

 

 

 

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !