ख्यातिप्राप्त ७० कलाकारहरु एमाले परित्याग गरी कांग्रेस प्रवेश

आजभोलि

काठमाडौं । नेपाल कलाकारिता क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका हुन् । वरिष्ठ हास्य कलाकारु मूलाको सागसहित ७० जना कलाकर्मी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ती कलाकर्मीहरु शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् ।

त्यसरी एमाले छोडेर काँग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्रकुमारी राई, कमलकुमार राई, दिपेश कुमार वान्तावा र दिपेनकुमार वान्तावा गरेका छन् । त्यसैगरी आलंकारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा लगायतले एमाले परित्यागरी काँग्रेस प्रवेश गरेका हुन् ।

त्यसैमेसोमा यसअघि कुनै पार्टीमा नरहेका सुरेन्द्र केसी ‘मुलाको साग’, महादेव त्रिपाठी जादुगर र मिलनकुमार श्रेष्ठले पनि काँग्रेसको सदस्यता लिएका छन् । काँग्रेस सभापति देउवाले उनीहरुलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए । सो पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसको नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, महामन्त्रीद्वय शिवशंकर रिजाल ‘जोगिन्दर’ र रोशन केसीको पनि सहभागिता रहेको थियो । नेपाल सांस्कृतिक संघको समन्वयमा ठूलो संख्यामा कलाकारहरु काँग्रेस प्रवेश गरेका गरेका हुन् ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !