काममा फर्किन आतुर अभिनेत्री आना शर्मा

आजभोलि

काठमाडौं । कोरोना महामारीका कारण फिल्म निर्माण ठप्प हुँदा अधिकांश कलाकार बेरोजगार छन् । महिनौंदेखि घरभित्रै सीमित हुनुपर्दा धेरैलाई छट्पटी भएको छ । यो समयमा उनीहरुलाई सबैभन्दा बढी सुटिङ सेट मिस भइरहेको छ । फेरि कहिले एक्सन–कटमा रमाउन पाइन्छ भन्ने प्रतिक्षामा कलाकार छन् ।

तर, अझै केही समय फिल्म क्षेत्रमा कुनै प्रकारको गतिविधि हुने सम्भावना न्यून छ । गत वर्ष लकडाउन अन्त्यपछि केही कलाकारले फिल्ममा काम गरे । तर, अभिनेत्री आना शर्माले तीन वर्षदेखि सुटिङ सेट देख्न समेत पाएकी छैनन् । २०७५ सालमा उनी अभिनीत फिल्म ‘द म्यान फ्रम काठमान्डू’ रिलिज भएको थियो । फिल्ममा हलिउडदेखि बलिउड कलाकारसम्मको अभिनय थियो । आनालाई फिल्मप्रति ठूलो आश थियो । तर, दुर्भाग्य ! फिल्मले हलमा घुँडा टेक्यो ।

अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले दोस्रो फिल्मको रुपमा ‘ग्यांगस्टार ब्लूज’ मा काम गरेकी थिइन् । डेब्यू फिल्मबाहेक अरु फिल्मबाट निराशा हात पारेकी उनले गत वर्ष प्रवेश पौडेलले निर्देशन गर्ने एक फिल्म साइन गरेकी थिइन् ।

फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह र ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत पनि अनुबन्ध भएका थिए । तर, कलाकार फाइनल भएको एक वर्ष नाघिसक्दा पनि सुटिङ सुरु हुन सकेको छैन । निर्माता अनुप पौडेलले कात्तिकपछि सुटिङ सुरु हुने बताए ।  अहिले निर्माण टिम स्क्रिप्टलाई पूर्णता दिन व्यस्त छ । हालै निर्माता पौडेलले स्क्रिप्टमा छलफल गर्न आनासँग भेट गरेका थिए ।

उक्त भेटको तस्विर इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै आनाले काममा फर्किन आफू आतुर रहेको उल्लेख गरेकी छन् । अभिनेत्री शर्माले लेखेकी छन्, ‘सेटमा फर्किन र अनुप पौडेलसँग साथमा काम गर्न अब प्रतिक्षा गर्न सक्दैनँ ।’ उनी काममा फर्किन कतिसम्म आतुर छिन् भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ । हुनपनि, तीन वर्षदेखि कामविहीन भएर बस्नु परेको छ । साइन गरेको फिल्म पनि छायांकनमा जान ढिलाई हुँदा प्रतिक्षा गर्न जो कोहीलाई गाह्रो हुन्छ । तर भनिन्छ नी, ‘प्रतिक्षाको फल मिठो हुन्छ ।’

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !