अमेरिकाले दिएको कोरोनाविरुद्धको १५ लाख डोज खोप आइपुग्यो

आजभोलि

काठमाडौं । अमेरिका सरकारले नेपाललाई निःशुल्क उपलब्ध गराएको १५ लाख डोज खोप नेपाल आइपुगेको छ । अमेरिकाले दिएको उक्त जोनसन एन्ड जोनसन कम्पनीले उत्पादन गरेको हो । अमेरिकाले कोभ्याक्स सहयोगमार्फत सो परिमाणको खोप नेपाललाई अनुदान दिएको हो ।

अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप कतार एयरवेजको नियमित उडानमार्फत् आज बिहान ९ बजे काठमाडौं आइपुगेको छ । खोपबारे अमेरिकी दूतावासले पत्रकार सम्मेलनमार्फत् जानकारी गराउँदै छ । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ तथा अमेरिकी राजदूत रेन्डी बेरीले सम्बोधन गरेका छन् ।

केही दिनअघि मात्र नेपालका लागि अमेरिकी राजदूत र्बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए । सोही अनुसार आज अमेरिकाबाट नेपालमा जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख खोप नेपाल आइपुगेको छ ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !