अलग–अलग कम्पनीको खोप नलगाउन डब्ल्यूएचओको सुझाव

आजभोलि

काठमाडौं । यतिबेला कोरोना भाइरसले विश्व तहसनहस भइरहेको छ । त्यसबाट जोगाउन धेरैभन्दा धेरै मान्छेलाई कोभिड–१९ विरुद्धको खोप लगाउँ । हरेका देशको यसैमा प्रयास जारी छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ खोप फरक–फरक नलगाउँन चेतावनी दिएको छ । हिजो सेमबार संगठनका मुख्य वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले अलग–अलग कम्पनीको खोप नलगाउँन चेतावनी दिएका छन् ।

तर यसबाट हुने प्रभाव वा रियाक्सनबारे कुनै जानकारी भने दिएका छैनन् । उनले भने– अनुसन्धान हुँदै छ । अनलाइनमार्फत स्वामीनाथनले भने– दोस्रो डोज खोप अन्य कम्पनीको लगाउँदा खतरनाक अबस्था सिर्जना हुन सक्ने चेतावनी दिदै तर अहिलेसम्म कुनै तथ्य नआएको बताए । अलग–अलग कम्पनीको खोप लगाउँदा इम्यून बढ़ाउने भ्रम छ डब्ल्यूएओले भनेको छ ।

फाइजर, एष्ट्रेजेनिका, जोनसन एण्ड जोनसन र स्पूतनिक सबै खोपको अन्तर छ अर्थात सबै खोप समान छैनन् । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१२, जुलाई) मा १४ लाख ३२ हजार ३४३ जनाको नमुना परीक्षण गर्दा २७ हजार ४०४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

११, जुलाईमा १८ लाख ४३ हजार ५ सय जनाको नमुना परीक्षण गर्दा ३७ हजार ६७६ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (१२, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४९५ जनाको निधन भएको छ । ११, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ७२० जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार असार २९ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ९ लाख १ हजार ३११ जना छन् । २०७८, असार २९ गतेसम्ममा भारतले ४३ करोड २३ लाख १७ हजार ८१३ जनको नमुना परीक्षण गरिसकेको छ । भारतमा ३ करोड ५२ हजार ४ सय ६१ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ३९ हजार ५ सय ६३ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (सोमबार) मा ४५ हजार २६१ जना कोरोना मुक्त भएका छन् । असार २९ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ९ हजार २८७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

 

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !