अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड साढे ४८ लाख हाराहारी

आजभोलि

काठमाडौं । अमेरिकी सरकारका अनुसार अघिल्लो वर्ष कोविड–१९ महामारीका बेला अत्याधिक मादक पदार्थ सेवनका कारण ९३ हजार जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य अनुसन्धानकर्ताका अनुसार अत्याधिक मादक पदार्थका कारण यति धेरै मानिसको मृत्यु भएको हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १५ लाख ३ हजार १९३ जनाको नमुना परीक्षण गर्दा ३५ हजार ४४७ जना कोरोना संक्रमित थपिएका छन् ।

१३, जुलाईमा १२ लाख ५४ हजार ८६ जनाको नमुना परीक्षण गर्दा ३१ हजार ९९ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट ३७४ जनाको मृत्यु भएको छ । १३, जुलाईमा कोरोनाका कारण ११७१ जनाको मृत्यु भएको थियो । यसरी अमेरिकामा आजसम्म ३ करोड ४८ लाख ४८ हजार ६८ जना कोरोना भाइरसका कूल संक्रमित छन् ।

कूल संक्रमितमध्ये २ करोड ९३ लाख २४ हजार ३ सय जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् । आजसम्म अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४८ लाख ९९ हजार ९३० जना रहेका छन् । आजसम्म अमेरिकाले ५१ करोड ४५ लाख ६२ हजार ८०६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ ।

अमेरिकाको कूल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ३१ लाख १३ हजार ५२५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ३१ लाख १३ हजार ५२५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट असार ३१ गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २३ हजार ८३८ जनाको मृत्यु भैसकेको छ ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !